आज बिहान मंगल ग्रह राशि परिवर्तन गरेर कन्या राशिमा प्रवेश, यी ६ राशिलाई फाइदै-फाइदा !

मंगल ग्रहलाई विश्व कल्याणकारी ग्राह मानिन्छ । मंगल ग्रहले हरेक महिना राशि परिवर्तन गर्दा धेरै राशिका मानिसहरुमा आशीर्वादको वर्षा हुन्छ भने कतिपयले अशुभ प्रभावको सामना गर्नुपर्ने हुन्छ ।

डिसेम्बर ४ मा मंगल ग्रहले तुला छोडेर कन्या राशिमा प्रवेश गर्दैछ। मंगल आगामी महिनाको १५ जनवरीसम्म यस राशिमा रहनेछन् । मंगल ग्रहको यो गोचरले यस पटक ६ राशिलाई निकै फाइदा पुग्ने भएको छ । यस अवधिमा यो ६ राशिका धेरै काम पनि पूरा हुनेछन् । आउनुहोस् जानौँ ती राशिका कुन-कुन हुन् जसले यस गोचरमा फाइदा पुर्याउनेछन्।

वृष राशि

कार्य क्षमता र इच्छाशक्तिमा वृद्धि हुँदा कठिन भन्दा कठिन कार्य सम्पन्न हुनेछ। लामो समय देखि अड्किएका कार्य सुचारु हुनेछ। नयाँ कार्य थालनीको योजना पनि सफल होला। पारिवारिक माहौल पनि आफूले चाहे जस्तै हुनेछ। यात्राको अवसर मिल्न सक्ला।

कर्कट राशि

हरेक कार्यमा सफलता मिल्दा मानसिक तनाव देखि छुटकारा मिल्नेछ। सामाजिक कार्यमा रुची बढ्दा मान-सम्मान प्राप्त हुनेछ। खेलाडी तथा कलाकारहरुले पनि मंगल राशिको राशि परिवर्तनबाट लाभ प्राप्त गर्नेछन्। प्रेम जीवन पनि उल्लासमयी रहनेछ।

सिंह राशि

मंगलले राशि परिवर्तन गर्दा आम्दानी बढ्नेछ। समाजमा मान सम्मान बढ्नेछ। भाग्यले राम्रो साथ दिनेछ। गर-गहना जोड्ने अवसर मिल्न सक्ला। पठन-पाठनमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा पनि मंगलको शुभ प्रभाव रहँदा असमझदारी हटेर जानेछ।

तुला राशि

नयाँ व्यापार वा नयाँ साझेदारीको थालनी हुनेछ। आम्दानीका श्रोत बढ्नेछन् भने व्यापार व्यवसायमा लाभ हुनेछ। पराक्रम बढेर जाँदा कठिन भन्दा कठिन कार्य पनि सफल हुनेछन्। बोल्ने कलाका कारण धेरै काम सम्पन्न हुनेछन्। प्रेम जीवनमा पनि मंगलको राशि परिवर्तनले लाभ पुर्याउला।

मकर राशि

खर्च बढेपनि आर्थिक प्रवाह राम्रो हुनाले आर्थिक संकट टर्नेछ। सानो प्रयत्नले पनि महत्वपूर्ण सफलता दिलाउनेछ। शत्रु सहजै पराजित हुनेछन्। सामाजिक सक्रियताले सम्मान दिलाउनेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला।पैतृक सम्पत्तिबाट राम्रो लाभ हुनेछ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल ग्रह मंगल तुला राशिबाट वृश्चिक राशिमा प्रवेश, यी ४ राशि रहनुहोस् सावधान !