एजेन्सी : सारा अली खान(Sara Ali Khan) ले आफ्नो मेहनतको दममा काम र नाम दुवै पाएकी हुन्। पटौदी खानदानको नाम, हजुरआमा शर्मिला ट्यागोर(Sharmila Tagore), बुबा सैफ अली खान (Saif Ali Khan) र आमा अमृता सिंह (Amrita Singh) को बलिउडमा बलिउड पकड भएपनि उनले आफूलाई नातावादको बहसबाट टाढै राखिन्।
दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूत(Sushant Singh Rajput) सँग आफ्नो फिल्मी करियर शुरु गरेकी सारा अली खानले कार्तिक आर्यन(Kartik Aaryan), रणवीर सिंह (Ranveer Singh) लगायत थुप्रै अभिनेताहरुसँग काम गरिसकिन्। सारा छिट्टै अक्षय कुमार(Akshay Kumar) र साउथ स्टार धनुष(Dhanush) सँग फिल्म ‘अतरंगी रे (Atrangi Re)’ मा देखिँदै छिन्। फिल्मको ट्रेलर र पहिलो गीत सार्वजनिक गरिसकेको छ। हालै साराले आफ्नो जीवन र व्यक्तित्वसँगै आफ्नो विवाहबारे एक शर्त राखेकी छिन्।
सारा अली खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। सामाजिक सञ्जालमा तस्बिर र भिडियोसँगै आफ्नो मनका कुरा खुलेर राख्छिन्। हालै उनले ईटाइम्ससँग कुराकानी गर्दै आफ्नो विवाहबारे एक शर्त राखिन्।
साराले आफ्नो आमासँग बस्ने केटासँग विवाह गर्ने कुरा सुनाईन्। यहीँ कुरालाई राम्रोसँग बुझाउन उनले आफ्नै फिल्म ‘अतरंगी रे’ को ‘डायलग’ बोलेकी छिन्।
उनले अझ थप्दै भनिन् – ‘मैले बाल्यकालदेखि नै जीवनमा धेरै कुरा देखेको छु, शायद यहीँ कारणले म छिट्टै हुर्किएँ। म सधैँभरी आमासँग बस्न चाहन्थे। एकल आमासँग बस्न पहिलेको भन्दा अलि गाह्रो हुन्छ।’