‘पर्सी’ कुण्डलीमा पनि लाग्दैछ सूर्यग्रहण, जीवनमा आउनेछन् अनेकन् प्रतिकूल समस्याहरु

काठमाडौँ : सूर्यग्रहण आकाश मण्डलमा मात्र लाग्दैन्, मानिसहरुको कुण्डलीमा पनि लाग्छ। कुनै पनि जातकको कुण्डलीमा सूर्य ग्रहण लाग्नु अत्यन्तै अशुभ हुन्छ। यसले उक्त जातकको जीवनका अनेकन् पक्षहरुमा प्रतिकूल प्रभाव पार्छ र जातकको प्रगतिको बाधक पनि बन्छ। कुण्डलीमा सूर्यको स्थिति कमजोर हुँदा या सूर्यग्रहण लाग्दा मानसिक र शारिरीक स्वास्थ्यमा पनि असर पुर्याउँछ। सन् २०२१ सालको अन्तिम सूर्य ग्रहण यहीँ हप्ताको शनिबार मङ्सिर १८ गते (४ डिसेम्बर २०२१) लाग्दैछ।

यसरी लाग्छ कुण्डलीमा सूर्यग्रहण

यदि राहुको अशुभ असर सूर्यमा परे कुण्डलीमा सूर्यग्रहण बन्छ। जस्तै सूर्यसँग राहु हुनु या राहुको लग्नमा बस्दा सूर्य ग्रहण लाग्छ। राहुले यसरी सूर्यलाई पीडित पार्दा पितृदोष पनि लाग्छ। सूर्य ग्रहण कुण्डलीको जुन भावमा बन्छ, त्यससँग सम्बन्धित क्षेत्रमा व्यक्तिले धेरै समस्याहरु भोग्नुपर्नेछ। त्यसैले यसको समयमै उपाय गर्दा उत्तम हुन्छ।

सूर्यग्रहणको कारण हुन्छन् यी हानिनोक्सानी

  कुण्डलीमा सूर्यग्रहण लागे व्यक्तिको जीवनमा धेरै उतारचढाव आउँछ। उसको जीवनमा कहिल्यै पनि स्थिरता आउँदैन्। •• सूर्यग्रहणले जातकको हड्डी कमजोर बनाउँछ र उसलाई थुप्रै समस्याहरु दिन्छ। ••• सफलता र सम्मान प्राप्त हुँदैन्। अझ उल्टो जीवनमा मान हानि या दण्ड सजाय भोग्नु पर्ने हुन् सक्छ। •••• व्यक्तिमा आत्‍मविश्‍वास आउँदैन्। घरमा बुबा र दिदीबहिनीसँग झगडा भईरहन्छ। ••••• विवाहमा ढिलाई हुनेछ र आफ्ना सन्तानका कारण दुख-कष्ट भोग्नुपर्नेछ। कुनै गम्भीर किसिमका रोगको शिकार हुन सक्नुहुन्छ।

सूर्यग्रहणको अशुभ प्रभाव हटाउने उपाय : –

कुण्डलीमा सूर्यसँग सम्बन्धित कुनै पनि दोष या सूर्यग्रहण छ भने व्यक्तिले गहुँ, सख्खर र तामा दान गर्नुपर्नेछ। ♦♦ आफ्नो शिर नरिवल पानीले पखाल्दा तुरुन्तै लाभ मिल्नेछ। ♦♦♦ हनुमान चालिसा पाठ गर्दा पनि लाभ मिल्छ। स्मरण रहोस् कि हनुमान चालिसाको पाठ गर्ने मानिसहरु शाकाहारी हुनुपर्नेछ र साथै मद्यपान पनि गर्न पनि निषेध गरिएको छ। ♦♦♦♦ आँखाको ज्योति गुमाएका मानिसहरुलाई दान एवं सहयोग गर्नुहोला। ♦♦♦♦♦ पीपलको फेदमा जल चढाउनुहोला।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हेर्दा सोझी देखिने यस अभिनेत्री ह:_ट फोटो शेयर गर्न लाजशरम मान्दिनन्, हेर्नुस् तस्बिर