वर्षको अन्तिम सूर्य ग्रहण निकै विशेष रहेको छ । यस मंसिर महिनामा शनि अमावस्याको दिनमा नै सूर्य ग्रहण लाग्ने भएको हो। यसका साथै यस ग्रहणमा राहुको छाया पनि रहनेछ । सन २०२१ डिसेम्बर ४ शनिबार ग्रहणको समयमा ५ ग्रह बुध, केतु, सूर्य र चन्द्रमा वृश्चिक राशिमा हुनेछन्। अर्कोतर्फ शुक्र धनु राशिमा, मंगल तुला राशिमा, शनि मकर राशिमा, बृहस्पति कुम्भ राशिमा र राहु वृष राशिमा रहनेछ । यति मात्र होइन, सूर्य, चन्द्रमा, बुधमा राहुको दृष्टि हुनेछ भने मंगल र राहुलाई शनिको दृष्टि हुनेछ । यी सबै मिलेर अशुभ योग बन्नेछ। जुन केही राशिका लागि चुनौतीपूर्ण साबित हुनेछ।
मंसिर महिनामा लाग्ने यस सुर्य ग्रहण ३ डिसेम्बरको अपरान्ह ५:१० बजेदेखि ४ डिसेम्बरको दिउँसो १ः२७ बजेसम्म रहनेछ। त्यस्तै, डिसेम्बर ४ मा सूर्यग्रहणको समय बिहान १११६ देखि दिउँसो ३ः२२ बजेसम्म हुनेछ । यसरी अमावस्या तिथीमा सूर्यग्रहणको आधा समय लाग्छ । यस्तो अवस्थामा सूर्यग्रहणसँगै शनिदेवको प्रकोपबाट पनि बच्नुपर्छ । यसका लागि ‘सूर्य पुत्रो दीर्घ देहो विशालाक्ष: शिव प्रिय:। मंदाचाराह प्रसन्नात्मा पीड़ां दहतु में शनि: मन्त्रले जप गर्नु पर्दछ । जसको कारण यसबाट हुने नोक्सानी बाट बच्नुको साथै लाभ हुनेछ ।
सबै राशिमा पर्नेछ शुर्य ग्रहणको समयमा राहुको प्रभाव
मेष राशि- मेष राशिका व्यक्तिको वाणी यो समयमा तेज रहन सक्छ। पेट सम्बन्धी समस्या आउन सक्छ । खर्च र तनाव बढ्नेछ। वृष राशि- तनाव रहनेछ। आत्मविश्वासको कमी महसुस हुनेछ। कार्यस्थलमा स्थिति राम्रो रहनेछ।
मिथुन राशि- समय राम्रो छ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। काममा सफलता मिल्नेछ तर स्वास्थ्यमा ध्यान दिनुहोला । कर्कट राशि- धन लाभ हुनेछ । तर साझेदारीले घाटा निम्त्याउन सक्छ। घरमा समस्या आउन सक्छ, जसको कारण मानसिक तनाव बढ्ने छ ।
सिंह राशि- पारिवारिक जीवनमा समस्या आउन सक्छ। हड्डी वा जोर्नीहरुमा समस्या हुन सक्छ। धन हानि हुन सक्छ। कन्या राशि- समय राम्रो रहनेछ। लाभ हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।
तुला राशि- क्रोधबाट टाढा रहनुहोस्। कसैसँग वादविवाद नगर्नुहोस्। स्वास्थ्यको ख्याल गर्नु होला। वृश्चिक राशि- क्रोध र तनावको सामना गर्नुपर्ने हुन सक्छ। आर्थिक अवस्था ठिक रहनेछ । मान सम्मान मिल्नेछ ।
धनु राशि- भाग्यले साथ दिनेछ। यात्रामा जान सकिन्छ । घरको अवस्था पनि राम्रो रहनेछ तर अनावश्यक खर्च बढ्नेछ। मकर राशि- धन लाभ हुनेछ तर कुनै कारणले मानसिक चिन्ताले घेर्ने छ। केही रोग वा एलर्जी समस्या देखिन सक्छ ।
कुम्भ राशि- खर्च बढ्नेछ। तनाव बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ । मीन राशि- कार्यस्थलमा कठिनाइ आउन सक्छ। रमाइलो यात्रा हुन सक्छ। खर्च बढ्नेछ।