स्वास्थ्य मात्र होइन भाग्य पनि बढाउँछ ल्वाङले, जान्नुहोस् यसका चमत्कारी उपाय !

ल्वाङलाई मसलाको रुपमा प्रयोग गरिए पनि यसको धार्मिक महत्त्व पनि कम छैन । यसका साथसाथै ज्योतिषीय उपायमा पनि ल्वाङ विशेष मानिन्छ । यसको विशेष प्रयोगले भाग्य पनि परिवर्तन हुने जनविश्वास छ । यसबाहेक सपना पूरा गर्न पनि यसको प्रयोग चलनमा छ । रातो किताबका अनुसार यसको प्रयोगबाट चमत्कारी फाइदाहरू छन्। ल्वाङ कुन-कुन समस्या समाधानको लागि प्रयोग गरिन्छ जान्नुहोस् ।

दुश्मनबाट छुटकारा पाउन


कहिले काहिँ नचाहेर पनि हाम्रा धेरै शत्रु हुन्छन्। शत्रुबाट छुटकारा पाउन ल्वाङलाई लाभदायक मानिन्छ । हरेक मंगलबार वा शनिबार साँझ सात पटक बजरंग बाण जप गर्नुहोस्। त्यसपछि हनुमान जीको अगाडि ५ वटा ल्वाङ र कपूर बाल्ल्नुहोस् । ल्वाङ राम्रोसँग बलिसके पछी यसको खरानी निधारमा लगाउनुहोस् । यसो गर्दा शत्रुबाट छुटकारा पाउन सकिन्छ।

धन प्राप्तिको लागि

कुनै पनि मंगलबार वा शनिबार भगवान हनुमानको अगाडि तोरीको तेलको दियोमा ल्वाङ बाल्नुहोस् । त्यसपछि यो दीपबाट हनुमानको आरती गर्नुहोस्। यसो गर्दा आर्थिक लाभ हुने जनविश्वास छ । यसबाहेक आर्थिक समस्या पनि हट्नेछ ।

बिग्रिएको काम सम्पन्न गर्नको लागि

कुनै पनि काम हुन सकेन भने पनि ल्वाङको प्रयोग गरिन्छ । कुनै पनि काम सम्पन्न हुन नसकेर चिन्तित हुनुहुन्छ भने एक कागतीमा ४ वटा ल्वाङ गाड्नुहोस् । यसपछि ३१ पटक ‘ॐ श्री हनुमन्ते नमः’ भन्नुहोस्। तपाई जहाँ जानुहुन्छ यसलाई तपाइसँग राख्नुहोस्। यसको प्रभावले काममा सफलता मिल्छ । एकै समयमा हुन् नसकेको कममा पनि सफलता मिल्दछ ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्सिर १६ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !