कुण्डलीमा यी ४ योग भएका जातकले पाउनेछन् भरपूर सफलता

काठमाडौँ : ज्योतिषमा ग्रहको दशाको खास महत्व हुन्छ। ज्योतिषाचार्यका अनुसार जीवनमा हुने घटनाको सम्बन्ध कुण्डलीको ग्रहसँग हुन्छ। कुण्डलीको शुभ ग्रह सुख, समृद्धि र प्रगतिको सहायक हुन्छ भने अशुभ ग्रहले जीवनमा अनेकन् समस्याहरु पैदा गर्छ। यस बाहेक कुण्डलीमा दशाको पनि खास महत्व हुन्छ। कुण्डलीमा यी ग्रहका योगले नोकरी र व्यापारमा प्रगति पाउनुहुनेछ।

अमात्य कारक दशा  

व्यापार-व्यवसायमा सफलताको लागि कुण्डलीको अमात्य कारक दशा महत्वपूर्ण हुन्छ। यसमा दोस्रो भावको ५ औँ, ९ औँ र १० औँ भावलाई कारक मानिन्छ। दोस्रो भावबाट आफन्तजन, पाचौँबाट धन, शिक्षा र ९ औँ बाट भाग्यबारे जानकारी पाइन्छ। यसबाहेक १० औँ भावबाट व्यापारबारे थाहा पाइन्छ। यदि कुण्डलीमा अमात्य कारक दशा राम्रो छ भने व्यापार एवं नोकरीमा प्रगति मिल्नेछ।

सूर्य र चन्द्रमा

यदि कुण्डलीमा सूर्य र चन्द्रमा दुवै बलवान छन् भने सरकारी जागिर पाउनमा यो योगले महत्वपूर्ण भूमिका खेल्छ। यसबाहेक शुक्र र गुरु ग्रहको भूमिका पनि महत्वपूर्ण मानिन्छ।

मङ्गल र शुक्र

कुण्डलीमा मङ्गलको राम्रो स्थितिले सरकारी जागिरलाई पनि सङ्केत गर्दछ। मङ्गल बलियो हुँदा सेना या प्रहरीमा जागिर पाउनुहुनेछ। साथै मङ्गलसँगै शुक्र पनि बलियो स्थितिमा छ भने त्यस्ता व्यक्ति सरकारी जागिरमा अधिकृत बन्नेछन्।

यो दशाले राजनीतिमा सफलता दिन्छ 

यदि कुण्डलीमा राहुको सम्बन्ध छैठौँ, सातौँ, दशौँ र एघारौँ भावसँग छ भने त्यस्तै व्यक्ति सफल राजनेता बन्छन्। कुण्डलीको दशौँ भावबाट राजनीतिक जीवनको बारे जानकारी मिल्छ। राजनीतिमा सफलता प्राप्त गर्न दशौँ भावमा उच्च ग्रह हुनु पर्छ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई दिनपछि लाग्ने सूर्य ग्रहणमा सूर्य र केतु अशुभ योग, यी राशि रहनुहोस् सावधान !