यस डिसेम्बर महिनामा ५ राशिलाई हुनेछ अशुभ, रहनुहोस् सावधान !

वृष राशि

यस महिना भगवान गणेशको कृपाले वृष राशिको लागि मिश्रित फलादाही रहनेछ । पहिलो सातामा कुनै न कुनै कारणले मन अशान्त रहन सक्छ तर भौतिक समृद्धितर्फ आकर्षण कम रहनेछ । हाकिमसँग अनावश्यक झगडाले मानसिक तनाव बढ्नेछ। आवश्यक कार्य आगामी साता कसैको सहयोगमा सम्पन्न हुनेछन्।

 

तुला राशि

यस महिना तुला राशी भएका मानिसलाई अनुभवी व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। काममा तनाव उत्पन्न हुन सक्छ। यो महिनाको पहिलो साता सावधान रहनुहोस्। जीवनसाथीको दबाबले पनि प्रभाव पार्नेछ। क्रमस काममा आउने बाधाहरू हट्नेछन्। मनमा अध्यात्मिक शक्तिको अनुभूति गर्नुहोस्। जीवनसाथीमा कामको बोझ बढ्ने हुँदा मन उदास रहनेछ।

 

कन्या राशि

यो महिना मनमा आकर्षण बढ्नेछ। आफन्तजनसँगको सम्बन्ध प्रगाढ हुनेछ ।आन्तरिक योग्यताको विकास हुनेछ । क्षमता र दक्षताको विकास हुनेछ, आध्यात्मिक गतिविधि बढ्नेछ। चौथो हप्तामा खर्च कटौती गर्न आवश्यक छ। यो समय अनुभवी व्यक्तिको साथमा काम गर्ने समय रहेको छ, अन्यथा समस्यामा पर्न सकिन्छ ।

मीन राशि

कार्य क्षेत्रमा गरेको मेहनतले सफलता प्राप्त हुनेछ । महिनाको प्रारम्भमा लाभमा वृद्धि हुनेछ। घरपरिवारमा खुसी छाउनेछ ।प हिलो सातामा भौतिक सुविधा मिल्नेछ । सत्तामा हुनेहरुले पनि यस साता लाभ प्राप्त गर्नेछन् । साताको अन्त्यमा मानसिक तनाव बढ्नेछ। आफ्नो जीवनसाथीसँग कुरा गर्दा नम्र हुनुहोस्, अन्यथा विवाद हुनेछ ।

मकर राशि

यो महिनाको प्रारम्भमा मिश्रित फल प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्य अलि खराब रहनेछ। चलाखी र साहसिक कार्यले तपाईको कामलाई खराब बनाउन सक्छ। यस समयमा जोखिमबाट जोगिनुहोस्, हानि हुन सक्छ। भौतिक सुखको मध्यबाट सिद्ध हुनुको योग हो। शरीरको माथिल्लो भागमा दुखाइ हुन सक्छ। मिहिनेतले सफलतामा परिणत दिनेछ ।

 

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्सिर १६ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !