नयाँ वर्ष सन २०२२ मा वृष राशिबाट मेष राशिमा राहुको राशि परिवर्तनले ६ राशिको जीवनमा ठुलो उथलपुथल ल्याउने भएको छ । ज्योतिष शास्त्रमा राहुलाई शनिपछिको सबैभन्दा सुस्त गतिको ग्रह मानिन्छ। यसका साथै राहुको प्रभावलाई शनिको प्रभावसँग पनि तुलना गरिएको छ । राहु डेढ वर्ष एक राशिमा रहन्छ, त्यसपछि अर्को राशिमा प्रवेश गर्दछन् । नयाँ वर्ष सन २०२२ को अप्रिल महिना १२ तारिकको दिन बिहान १०:५१ मिनेटमा राहुले राशि परिवर्तन गर्नेछन् । यस समयमा केही राशिलाई नकारात्मक प्रभाव पर्ने भएको छ ।
मेष राशि
मेष राशिको लागि अप्रिल महिनामा राहुले आफ्नो लग्न घरको दोस्रो भावबाट गोचर गर्ने छन् । यस अवधिमा मेष राशिका मानिसको पारिवारिक तथा व्यावसाहिक जीवनमा उथलपुथलको सम्भावना छ। यस समयमा तपाईले आफ्नो जागिर र पैसा गुमाउँदा असुरक्षित महसुस गर्न सक्नुहुन्छ। यस अवधिमा मेष राशिका मानिसले कुनै पनि व्यक्तिगत सम्पतिमा लगानी नगर्न उचित हुनेछ । यस समयमा तपाईको बोली कठोर र तितो हुन सक्छ, जसका कारण तपाईका प्रियजनहरूको मन दुख्न सक्छ ।
कर्कट राशि
कर्कट राशिका लागि राहुले तपाईको दशम भाव अर्थात् कर्म घरमा गोचर गर्नेछ। यस अवधिमा कर्कट राशिको मानिसहरु जागिर तथा व्यवसाय परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनुपर्ने समय रहेको छ । यस अवधिमा सरकारी कर्मचारीहरूले सरुवा आदेश प्राप्त गर्ने सम्भावना रहेको छ । कर्कट राशिको लागि यस समयमा पेट सम्बन्धी समस्याले सताउन सक्ने हुँदा सजग रहनुहोला ।
कन्या राशि
यस अवधिमा कन्या राशिमा राहुले नवौँ घरमा गोचर गर्ने छन् । यस अवधिमा तपाईले केही कष्टकर भ्रमको सामना गर्नुपर्ने हुन सक्छ। साथै यस समयमा तपाईको वरिष्ठ कर्मचारी, उच्च अधिकारी र बुवासँग केही प्रकारको विवाद हुन सक्छ। यसपछि राहु तपाईको आठौँ घरमा गोचर हुनेछ। यस अवधिमा तपाईले स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्नुहुनेछ र कुनै प्रकारको चोटपटक लाग्ने सम्भावना छ। व्यक्तिगत जीवनमा वा व्यावसायिक जीवनमा आफूलाई प्रमाणित गर्न तपाईंले धेरै मेहनत गर्नुपर्ने हुन सक्छ।
धनु राशि
धनु राशिको लागि यस अवधिमा राहुले तपाईको छैटौं घरबाट गोचर गर्नेछ । यस अवधिमा तपाईको जीवनमा केही अदालती मुद्दा वा कानुनी समस्याहरू आउन सक्छन् । विद्यार्थीहरूका लागि यो समय अनुकुल साबित नहुन सक्छ किनकि तपाईंले मानसिक दबाबका कारण पढाइमा धेरै बाधा व्यवधानको सामना गर्नु पर्नेछ।