आज मङ्सिर १४ गते मंगलबार , शुभ फलदायी छ यी ५ राशिका लागि दिन , हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सांसारिक कुरालाई भुलेर  आध्यात्मिक प्रवृत्तिमा  संलग्न रहनुहुनेछ। गूढ़ रहस्यमय  विद्यातर्फ गहिरो चिन्तन र गहिरो चिन्तनशक्तिले  तपाईको मानसिक भारलाई हल्का गर्नेछ। आध्यात्मिक सिद्धि प्राप्त गर्नको लागि राम्रो योग रहेको छ। बोलीमा ध्यान दिनुहोला। नयाँ कार्य सुरुवात नगर्नुहोला।

वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

जीवनसाथीसँग निकटताको  सुख प्राप्त गर्नुहुनेछ। परिवारसँग  सामाजिक समारोहमा बाहिर जानुहुनेछ र आनन्दमा समय व्यतित गर्नुहुनेछ। तन-मनबाट  प्रसन्नता अनुभव गर्नुहुनेछ। सार्वजनिक जीवनमा प्रसिद्दि मिल्नेछ। व्यापारीको व्यापारमा  विकास हुनेछ। आकस्मिक धनलाभ र विदेशबाट  समाचार मिल्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अधुरो कार्य सम्पन्न हुनेछ र दिन शुभ रहेको छ। परिवारमा आनन्द र उल्लासको माहोल रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। कार्यमा यश र कीर्ति  मिल्नेछ। धन प्राप्त हुनेछ। आवश्यक खर्च मात्र हुनेछ । प्रतिस्पर्धिले  विजय प्राप्त गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वस्थ चित्रबाट  दिन व्यतीत गर्नुहोला।  शारीरिक र मानसिक रूपले दिन उद्वेगपूर्ण रहनेछ। आकस्मिक धन खर्च होला।  प्रेमीबीच वाद-विवाद  होला। विपरीत लिंगीय पात्रतर्फ आकर्षण अथवा अत्यधिक कामुक्ताले संकटमा पर्नुहुनेछ। नयाँ कार्यको सुरुवात वा यात्रा नगर्नुहोला।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मानसिक अस्वस्थता रहनेछ , परिवारसँग  मनमुटावको  स्थिति आउनेछ। जमीन  तथा पसल किन्नको लागि अनुकुल समय रहेको छैन।  नकारात्मक विचारले निराशा उत्पन्न हुनेछ । जलाशय खतरनाक साबित हुन सक्छ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भावनात्मक सम्बंध स्थापित हुनेछ। भाई- बहिनीसँग मेलमिलाप रहनेछ। मित्र र आफन्तसँग भेट हुनेछ। गूढ़ रहस्यमय विद्याप्रति आकर्षण रहनेछ। विरोधि र प्रतिस्पर्धिले डटेर सामना गर्नेछन्।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानसिक वृत्ति नकारात्मक रहनेछ। क्रोधावेशमा बोलिमा ध्यान नदिदा पारिवारिक सदस्यसँग  विवाद हुनेछ । अनावश्यक खर्च हुनेछ । स्वास्थ्य खराब हुनेछ । मनमा  ग्लानि रहनेछ। अनैतिक प्रवृत्ति तर्फ नमोडिनुहोला।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन शुभ रहनेछ। शारीरिक र मानसिक रूपले  प्रसन्नता रहनेछ। पारिवारिक सदस्यसँग खुशीको  समय व्यतीत गर्नुहुनेछ। साथी वा आफन्तको तर्फबाट उपहार मिल्नेछ। प्रियजनसँग भेट हुनेछ। धन लाभ र प्रवासको योग रहेको छ। दाम्पत्यजीवनमा  प्रसन्नताको अनुभव हुनेछ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोधको कारण पारिवारिक सदस्यसँग  तथा अन्य व्यक्तिसँग सम्बन्ध बिग्रिनेछ। तपाईको बोलि र व्यवहारमा व्यवहार झगडाको कारण बन्न सक्छ।  दुर्घटनाबाट बच्नुहोला। अदालती कामकाजमा सावधानीपूर्ण कदम उठाउनुहोला। व्यर्थको कार्यमा खर्च हुनेछ  ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन हर क्षेत्रमा  लाभदायक रहेको छ। आफन्त र मित्रसँग भेट हुनेछ।  प्रिय व्यक्तिसँग भेट रोमांचक बन्नेछ। विवाहोत्सुक व्यक्तिको वैवाहिक समस्या  मामूली प्रयत्नले नै हाल हुनेछ। गृहस्थजीवनमा आनन्द रहनेछ। नयाँ चीज वस्तुको खरिद गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हरेक कार्य सरलतापूर्वक हल हुनेछ र  सफलता मिल्नेछ। सरकारी कार्य निर्विघ्न पूरा हुनेछ। उच्च पदाधिकारीको  व्यवहार सहयोगपूर्ण रहनेछ।  स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपबाट  स्फूर्ति महसूस हुनेछ । पदोन्नति र धन प्राप्तिको योग रहेको छ। गृहस्थजीवन आनन्दपूर्ण रहनेछ र मान प्रतिष्ठा वृद्धि हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिनको सुरुवात  भय र उद्विग्नताको साथ हुनेछ। शरीरमा  सुस्ती र थकानको अनुभव हुनेछ। कुनै पनि कार्य पूरा नहुँदा निराशा पैदा हुनेछ।  भाग्यले  साथ नदिएको प्रतित हुनेछ। सन्तानको चिन्ताको कारण बन्नुहुनेछ। व्यर्थमा पैसा खर्च हुनेछ।

 

 

 

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८२०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकर राशिमा शनि-शुक्रको एक साथ मिलन हुँदै, यी ४ राशिको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने !