केही दिन पहिले एक फिल्ममा घोषणा कार्यक्रममा पुगेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले लगाएक पोसाकले सामाजिक सञ्जालमा एक किसिमको हलचल मच्चाएको थियो । त्यस समयमा अभिनेत्री एलिजा गौतमले लगाएको पोसाकको प्रशंसा हुनुको साथै उनलाई ट्रोल बनाइएको थियो ।
आफ्नै निर्देशनमा बनेको फिल्म ‘अनुराग’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम अब एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । एलिजाले यस कुरालाई सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित सार्वजनिक गरेकी थिइन् । फिल्मको घोषणा गर्नको लागि निर्माण टिमले बानेश्वोरमा रहेको पाँचतारे होटल एभरे-ष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो ।
अहिले पुन: अभिनेत्री एलिजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री एलिजाले अहिले बढेको चिसो मौषमलाई च्या-लेन्ज गर्दै एक जालीदार कपडामा देखिएकी छिन् ।
तस्बिर स्रोत: एलिजा गौतम इन्स्टाग्राम