पिपलको माध्यमबाट शनि र पितृ दोषबाट छुटकारा पाउने सरल उपाय, जीवनमा आउनेछ सुख समृद्धि!

हिन्दु धर्ममा पीपललाई विशेष महत्त्वो दिइएको छ । धार्मिक मान्यता अनुसार पिपलको रुखमा विष्णुको वास हुन्छ । यसको जरामा ब्रह्मा, हाँगामा विष्णु र माथिल्लो भागमा भगवान शिवको वास रहेको जनविश्वास पनि छ । पीपलको महत्व यसबाट अनुमान गर्न सकिन्छ कि गीतामा भगवान श्रीकृष्णले भनेका छन्- “म पीपलको रूख हुँ।” यति मात्र होइन, पीपल शनि र पितृदोषका लागि पनि विशेष छ। धार्मिक मान्यता अनुसार शनि दोषबाट मुक्तिसँगै यससँग सम्बन्धित विशेष उपायले पितृ दोष पनि हट्छ ।

– मंगलबारको दिन पीपलका ११ वटा पात लिएर गंगाजलले शुद्ध गर्नुहोस् । त्यसपछि केसरीले ‘श्रीराम’ लेखेर माला बनाउनुहोस्। यसरी बनाएको माला हनुमानजी मन्दिरमा लगेर उनको मूर्तिमा यो माला चढाउनुहोस्। यसो गर्नाले शनि दोषबाट मुक्ति मिल्छ।

-पूर्णिमाको दिन गंगाजलले पीपलको पात सफा गर्नुहोस्। त्यसपछि केसरी तथा चन्दनले लक्ष्मीको बीज मन्त्र “श्रीं” लेखेर पर्समा राख्नुहोस्। साथै हरेक महिनाको पहिलो शनिबार यसलाई परिवर्तन गर्नुहोस्। पीपलको यस उपायले शनि दोषको साथै पितृ दोषबाट पनि मुक्ति मिल्ने मान्यता रहेको छ।

– शनिबारको दिन सखरमा सखर मिसाएर पिपलको जरामा हल्नुहोस् । यसका अलावा कम्तीमा २७ पटक ‘शं शनैश्चराय नमः’ मन्त्रको जप गर्नुहोस्। यस उपायले शनिदोष क्रमशः हट्छ । यससँगै पितृ दोषको प्रभाव पनि कम हुन थाल्छ।

– हरेक शनिबार साँझ पिपलमुनि तोरीको तेलको दियो बाल्नुहोस् । यसपछि शनिदेवको ध्यान गरेर ९ पटक रुखको परिक्रमा गर्नुहोस् । यसो गर्नाले शनिदेव प्रसन्न हुन्छन् र शनि दोषबाट मुक्ति मिल्छ।

– पितृ दोष हटाउनका लागि हरेक दिन पिपललाई जल दिनुस् । पीपललाई पानी दिएपछि कालो कुकुरलाई खाना खुवाउनुहोस् । यसो गर्दा पितृ दोष हट्नुको साथै शनि दोषबाट पनि मुक्ति मिल्छ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनको कारक ग्रह शुक्र ग्रहले राशि परिवर्तन गर्दा यी ४ राशिलाई अशुभ, हुनुहोस् सावधान !