१५ वर्ष ठुलो युवकलाई डेट गर्थिन् ज्याकलिन, थुप्रैसँग रहिसक्यो अफेयरको चर्चा !

२०० करोडको मनी लन्ड्रिङ प्रकरणमा रहेका सुकेशसँगको अफेयरको खबरबीच मिरर सेल्फी अहिले भाइरल भइरहेको छ । यो देखेर अभिनेत्रीको बारेमा विभिन्न कुराहरु भनिरहेका छन् । तर ज्याकलिनको नाम कसैसँग जोडिएको यो पहिलो पटक भने पक्कै हैन । यसअघि पनि ज्याकलिनको नाम अरुसंग पनि जोडिएको थियो।

मिस यूनिभर्स श्रीलंका रहिसकेकी ज्याकलिनले कम्यूनिकेशनको पढाई गरेकी हुन्। फिल्ममा आउनुभन्दा पहिला उनी एक रिपोर्टर थिइन्। उनको ब्वायफ्रेंड अरब देशको  प्रिंस हसन बिन राशिद अली खलीफासंग प्रेममा थिइन्। २०१० मा फिल्म ‘हाउसफुल’ मा ब्रेक मिलेपची दुवैबीच दुरी आएको थियो।

यससँगै ज्याकलिनको निर्देशक साजिद खानसँग निकटताबढेको थियो।  साजिद खान ज्याकलिन फर्नान्डिजभन्दा १५ वर्ष जेठा थिए । बलिउडमा सफल अभिनेत्री बन्ने सपना देखेकी ज्याकलिनलाई साजिद खानले करियर बनाउन मद्दत गरेका थिए ।

२००२ मा यी दुईको अफेयरको चर्चा भएको थियो। तर केहि समयपछि उनीहरुबीच दुरी बढेको थियो। त्यसपछि उनको नाम केहि समय सलमान खानसँग पनि जोडिएको थियो। साथै सिद्दार्थ मल्होत्रासंग पनि उनको अफेयरको चर्चा भएको थियो।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री मौनी छिट्टै विवाह गर्दै, को हुन त दुलहा?