काठमाडौँ : विवाह हिन्दु धर्मको प्रमुख १६ संस्कारमध्ये एक हो। यसलाई अत्यन्तै महत्वपूर्ण संस्कार मानिन्छ। यस संस्कारको लागि कैयन रीति-रिवाज पालना गरिन्छ। कसैको विवाह हुन् समय लाग्ने गर्छ। त्यस्तै कसैको विवाह तय भएर पनि विवाह हुन् सक्दैन्। विवाहमा आउने रोकावट पछाडी अनेक कारण हुन्छन्, जसलाई दूर गर्न वास्तुमा खास उपाय बताईएको छ। वास्तु शास्त्रका यी उपायले विवाहमा आउने अनेक प्रकारका विघ्नबाधा हटाई वैवाहिक जीवन खुशीयाली बनाउँछ।
छिट्टै विवाहको लागि वास्तु उपाय : –
यदि तपाईको घरमा कोहीँ विवाहको प्रस्ताव लिएर आएमा तिनलाई घरको मुख्यद्वार नदेखिने ठाउँमा राख्नुहोला।
सुत्न्ने खाट या पलङ मुनि फलामका सामानहरु नराख्नुहोला। वास्तु अनुसार यसले विवाहमा बाधा उत्पन्न गराउँछ।
मङ्गल दोषको कारण पनि विवाहमा समस्या आउँछ। यस दोषलाई हटाउन कोठाको मेन गेटलाई गुलाबी या हल्का रातो रङ्गले रङ्ग्याउनुहोला।
आफ्नो कोठामा कुनै पनि खाली भाँडाकुडा नराख्नुहोला। यदि पहिल्यैदेखि छ भने त्यसलाई तुरुन्तै हटाउनुहोला।
यदि घरको मेन गेटसँग सम्बन्धित कुनै प्रकारका वास्तुदोष छन् भनेर विवाहको कुरा टुङ्ग्याउनको लागि कुनै अर्कै ठाउँ चयन गर्नुहोला।
जतिसक्दो चाँडो विवाहको लागि अन्य उपाय :
सोमबार आधा किलो चनाको दाल र आधा लिटर गाईको काचो दूध दान गर्नुहोला। यसले विवाहमा भएको ढिलाईको समस्यालाई समाधान गर्छः।
यदि शनि दोषको कारण विवाहमा ढिलाई भईरहेको छ भने शनिबारको दिन तोरीको तेल आफ्नो छायाँ हेरेर दान गर्नुहोला। यस्तो लगातार सात शनिबार गर्नुपर्नेछ।