धनको कारक ग्रह शुक्रले राशि परिवर्तन गर्दै, यी ४ राशिलाई हुनेछ अत्यन्तै शुभै-शुभ!

ज्योतिष शास्त्रका अनुसार सबै ग्रहहरूले आ-आफ्नो समयमा आफ्नो राशि परिवर्तन गरिरहन्छन्। यसबाहेक यी ग्रहहरूले एक-अर्कासँग युती बनाउँछन्, वक्री चाल चल्छन् वा केही विशेष योग बनाउँछन्। ग्रह र नक्षत्रहरूको स्थितिमा हुन सबै परिवर्तनहरूले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्दछ यी प्रमुख ग्रहहरूमध्ये एक शुक्र ग्रहले ८ डिसेम्बर २०२१ मा राशि परिवर्तन गर्न लागेको छ। शुक्र धनु राशिबाट १२:५६ बजे अलग भएर मकर राशिमा प्रवेश गर्नेछ। आगामी डिसेम्बर ३० सम्म शुक्र मकर राशिमा रहनेछ र यसले केही व्यक्तिलाई निकै शुभ हुने भएको छ ।

शुक्र ग्रह मकर राशिमा प्रवेश गर्नाले ४५ राशिलाई अत्यन्तै शुभ भएको छ । शुक्रको कृपाले यी राशिका मानिसहरुलाई मनग्य धन लाभ हुनेछ । यससँगै सुविधा पनि बढ्नेछ । आउनुहोस् जान्नुहोस् कुन-कुन राशिको शुक्रले धनी बनाउँछ।

मेष राशि

मेष राशिका लागि शुक्रको गोचर निकै शुभ हुने भएको छ । काममा पदोन्नति हुनेछ साथै मान-सम्मान मिल्नेछ। धन लगानी गरेको स्थानबाट लाभ हुनेछ । सुविधा बढ्नेछ। समग्रमा सबै पक्षबाट लाभ हुनेछ ।

वृष राशि

वृष राशिका लागि शुक्र ग्रह मकर राशिमा प्रवेश गर्नाले वृष राशि भएका मानिसको लागि ठुलो आर्थिक लाभ हुने सम्भावना रहेको छ । काममा जिम्मेवारी बढ्नेछ र भविष्यमा ठुलो लाभ मिल्नेछ। तपाईको कामको प्रशंसा हुनेछ। व्यवसायीहरुले काममा साथ दिनेछन् जसको कारण मनग्य लाभ मिल्नेछ । बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन् ।

सिंह राशि

सिंह राशिको लागि यस समय शुभ साबित हुनेछ । कुनै शुभ समाचार मिल्न सक्छ। शुभ समाचार मिल्नेछ । व्यापार व्यवासायबाट मनग्य धन लाभ हुनेछ । काममा जोस जागर बढ्नेछ ।

कन्या राशि

कन्या राशि भएका मानिसको लागि यस राशि परिवर्तन आशीर्वाद सामान हुनेछ । लामो समय देखि कुनै पनि आर्जनको कुनै पनि साधना जुटाउने प्रयाशमा हुनुहुन्छ भने यस समय उसको सकारात्मक परिणाम मिल्नेछ । यस समयमा आम्दानीको स्रोत बढ्नाले आर्थिक अवस्थामा सुधार आउनेछ । मनपर्ने कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। यात्रा हुनेछ। करियरमा प्रगति हुनेछ ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिट्टै लोकप्रिय हुन्छन् यी ३ राशिका जातक, नेतृत्वमा रहन्छन् सबैभन्दा अगाडी