मङ्सिर महिनाको राशिफल : सूर्यग्रहणको कारण यी राशिलाई अशुभ छ यो महिना, सावधान रहनुहोला

२०७८ साल मङ्सिर महिनाको राशिफल

• ज्योतिष हरिप्रसाद पौडेल 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यात्रा एवं सवारी चलाउँदा विशेष विचार पु¥याउनुपर्ने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक काममा समेत मन जाला । कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी गराउने छ ।

स्वास्थ्यमा सामान्य गडबडी आउने देखिन्छ । नयाँ काम तथा अवसर प्राप्त हुने सम्भावना छ । अनावश्यक विवादमा पार्न सक्ने योग रहेकाले बोलीवचनमा विचार पु¥याउनुपर्ने छ । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कार्यव्यस्तता बढेर जाने छ । अनावश्यक काममा दौडधूप ज्यादा गर्नुपर्ने छ । परिवार एवं सन्तानको चिन्ताले पिरोल्ने छ । खर्चको मात्रा बढेर जाला । लेनदेनसम्बन्धी काममा विशेष सावधानी अपनाउनुपर्ला । आफन्त एवं परिवारको साथ सहयोग राम्रै पाइने छ ।

अध्ययन अध्यापनमा क्रमशः सुधारको योग छ । महिनाको पूर्वार्धमा गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपरे पनि उत्तरार्धमा हटेर जानुका साथै धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनले सोचेका योजनामा महìवपूर्ण सफलता मिल्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला । साथीभाइ एवं आफन्तजनको साथ सहयोग राम्रो पाइने छ ।

नयाँ काम या महìवपूर्ण अवसर मिल्ने सम्भावना छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ गराउने छ । पठनपाठनमा आएका बाधाअड्चन हटेर जाने छन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चनको सामना गर्नुपर्ला । महिनाको प्रारम्भमा नै स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जान सक्ने छ ।

महिनाको उत्तरार्धमा बोलीको प्रभावले ठूला व्यक्ति प्रभावित हुुनुका साथै महìवपूर्ण काम बन्ने छन् । सामाजिक काममा अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर समेत मिल्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । घरायसी झैँ-झमेला थपिनेछ । मानसिक अस्थिरता एवं दुविधा बढेर जाला । नजिकको व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिएकाले सावधानी अपनाउनुपर्ने छ । पारिवारिक खर्चको मात्रा बढेर जाने छ ।

महिनाको उत्तरार्धमा आर्थिक पक्षका काममा राम्रै सफलता मिल्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । इष्टमित्रसँगको भेटघाटका साथै रमाइलो यात्राको योग छ । धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ ।  रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

घर परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना होला । रमाइलो यात्राको योग छ । अध्ययन अध्यापनमा सामान्य प्रगति भएर जाला । महिनाको उत्तरार्धमा मनोरञ्जन, विविध उपहारको लाभ, धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मनमा हर्ष आनन्दको उदय हुने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । घरायसी खर्चको मात्रा बढेर जाला ।

रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ । महिनाको उत्तरार्धमा धनागमका साथै इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्ने देखिन्छ । उत्तरार्धमा आकस्मिक यात्राका साथै धार्मिक एवंं सामाजिक काममा सहभागी हुनुपर्ने छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जाने छ । आर्थिक धनराशिको ठूलै व्यय गराउला । अनायासै नसोचेका समस्या आइपर्नाले मनमा दिक्क बनाउने देखिन्छ ।

सामान्य स्वास्थ्यसम्बन्धी उतारचढावकोस्थिति देखापर्ने छ । महिनाको पूर्वार्धमा मनोरञ्जनका साथै आर्थिक लाभको सम्भावना छ । घर परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने देखिन्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कार्यव्यस्तता बढेर जानेछ । शारीरिक एवं मानसिक परिश्रमसमेत केही बढी नै पर्न जाने योग छ । गरेका काममा सामान्य विवाद निस्कन सक्ने देखिएकाले सतर्क भएर काम गर्नुहोला ।

पछाडिबाट कुरा काट्ने तथा रिस गर्ने प्रशस्त देखिएका छन् । महिनाको पूर्वार्धमा अनावश्यक विवाद, व्यर्थको खर्च, काममा विघ्नबाधा आइपरे पनि उत्तरार्धमा सफलता एवं धनागमका अवसर मिल्ने छन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

सफलताको महिना छ । शारीरिक  आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । साथीहरूसँगको भेटघाटले मन रमाउला ।

आर्थिक पक्षका कामबाट राम्रै सफलता हात पर्ने छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ । कर्मचारीवर्गका लागि पदोन्नतिको सम्भावना छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मबल बढेर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । गर्न आँटेका काम तथा योजनामा ढिलासुस्ती गराउने देखिन्छ । गरेको काममा प्रशंसासमेत मिल्ने छ । आर्थिक पक्ष बलियो भएर जाला । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । आम्दानीका बाटा थपिएर जानाले आयस्रोत बढेर जाने छ ।

मनोरञ्जन एवं विलासिताका सामग्रीमा खर्च हुने देखिन्छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ । अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्ने छन् ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

कार्यव्यस्तता बढेर जाला । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जाने छ ।

महिनाको पूर्वार्धमा काममा आकस्मिक विघ्नबाधा आइपर्नाले दिक्क बनाउने देखिन्छ भने उत्तरार्धमा उच्च मनोबलका साथ कार्यक्षमतामा समेत वृद्धि भएर जाने छ । आर्थिक पक्ष सन्तोषजनक रहने छ । पठनपाठनका साथै धर्मकर्ममा समेत अभिरुचि बढेर जाने छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८२०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्सिर ८ गते बुधबार : यी राशिलाई शुभ-लाभ, तपाईको दिन कस्तो रहला ?