अबको २५ दिन भित्रमा कुनै पनि दिन गर्नुहोस् शंखको यस्तो खास उपाय, पुरा हुनेछ हरेक मनोकामना!

धार्मिक मान्यता अनुसार मंसिर महिनामा शंखको पूजा वा केही विशेष उपाय गर्नाले भगवान श्रीकृष्ण र माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ।

हिन्दु धर्ममा पञ्चाङका सबै १२ महिनाको फरक फरक महत्त्व रहेको छ । यी महिनाहरू विभिन्न देवी-देवताहरूलाई समर्पित हुने र ती महिनाहरूमा सम्बन्धित देवताको पूजा गर्नाले छिट्टै प्रसन्न हुने गर्दछ। मार्गशीर्ष मास तिथि अनुसार २० नोभेम्बर २०२१ मा सुरु भएको छ। यसलाई अगहन महिना पनि भनिन्छ । यो महिना भगवान श्रीकृष्णको प्रिय महिना भएकोले शंखको पूजा गर्नुको ठुलो  महत्त्वो छ ।

यस महिनामा सामान्य शंखलाई पनि भगवान श्रीकृष्णको पञ्च जनीय शंखको रूपमा पूजा गर्नाले भगवान अत्यन्त प्रसन्न भई आफ्ना भक्तको मनोकामना पूरा गर्ने मान्यता रहेको छ । समुन्द्र मन्थनको समयमा पनि शंख देखा परेको धार्मिक विश्वास गरिन्छ ।

पुराणका अनुसार माता लक्ष्मी सागरकी छोरी हुन् र शंखलाई लक्ष्मीको भाइ मानिन्छ। त्यसैले शंखको पूजा गर्नाले देवी लक्ष्मी पनि प्रसन्न हुन्छिन् । यही कारणले गर्दा लक्ष्मीको पूजामा शंख बजाउनु निकै शुभ मानिन्छ । साथै, आरती पछि, शंखको पानी भक्तहरूलाई छर्किन्छ। अगहन महिना सकिन पनि अझै २५ दिन बाकिछ । त्यस समयसम्म शंखको यस उपाय गर्नाले व्यक्तिको जीवनमा धनको साथै सुख समृद्धिको वर्षात् हुने मान्यता रहेको छ ।

– दक्षिणावर्ती शंखमा दूध भरेर भगवान विष्णुलाई अभिषेक गर्नुहोस्। यसबाट नारायणको कृपाले धेरै धन लाभ हुनेछ। -अगहन महिनामा शंखमा चामल भर्नुहोस् र पछि त्यस चामललाई एक चोखो कपडामा पोको पारेर आफ्नो पैसा राख्ने ठाउँमा राख्नुहोस् । यस्तो गर्नाले माता लक्ष्मी प्रसन्न हुनेछिन् ।

-यस समयमा विष्णु मन्दिरमा शंख दान गर्नेले लामो समय देखिको आर्थिक समस्या समाधान हुनेछ । -यस समयमा लक्ष्मी मातालाई प्रसन्न बनाउनको लागि शंखमा गंगाको पानि र केसरी मिलाएर भर्नुहोस् र यस पानीले माता लक्ष्मीको मूर्तिमा अभिषेक गर्नुहोस्। यसो गर्नाले माता लक्ष्मी प्रसन्न हुनेछिन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० दिनपछि वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै, अहिले देखि सावधान रहनुहोस् यी ५ राशि !