५६ वर्षको उमेरमा फेरी बेहुला बन्दै आमिर खान, को होलिन् बेहुली ?

एजेन्सी : बलिउडमा अहिले विवाहको लहर चलिरहेको छ। थुप्रै सेलिब्रेटीहरुले घरजम गरेका छन् र आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु गर्ने तयारी गर्दै छन्। यसै बीच भारतीय सञ्चारमाध्यमहरुले आमिर खान(Aamir Khan) तेस्रो विवाह गर्ने तरखरमा रहेको खबर प्रकाशित गरेको छ।

आमिर खानले यसै वर्षको अगस्टमा किरण राव(Kiran Rao) सँगको वैवाहिक यात्रा टुङ्ग्याएका थिए। आधिकारिक रुपमा अलग हुने निर्णय गरेसँगै आमिरले उनकी पत्नी किरण राव सधैँ साथी रहने बताएका थिए। किरण एक फिल्म निर्माता एवं आमिरकी दोस्रो पत्नी हुन्।

आमिरले पहिलो विवाह रीना दत्ता(Reena Dutta) सँग गरेका थिए। आमिर र रीनाका दुई सन्तान छन् : आइरा र जुनैद। आमिरले रीनासँग आधिकारिक रुपमा सम्बन्ध बिच्छेद गरेपछि सन् २००५ डिसेम्बर २८ मा किरणसँग वैवाहिक बन्धनमा बाँधिएका थिए। दुवै जनाको एक छोरा आजाद छन्।

किरण रावसँग पनि सम्बन्ध तोडेपछि आमिर खान तेस्रो विवाहको योजनामा रहेको चर्चा छ। केही भारतीय मिडिया रिपोर्टस अनुसार आमिर खान आफ्नो विवाहको निर्णय ‘लाल सिंह चड्ढा(Laal Singh Chaddha)’ को रिलिज पछि सुनाउनेछन्। यो फिल्म सन् २०२२ को अप्रिलमा रिलिज हुँदैछ।

किरण रावसँग वैवाहिक यात्रा अन्त्य गरेपछि ५६ वर्षीय आमिर खानको नाम २९ वर्षीय अभिनेत्री फातिमा सना शेख(Fatima Sana Shaikh) सँग जोडिएको थियो। सोहीँ कारण सामाजिक सञ्जालमा अभिनेत्री फातिमा सना शेखको व्यापक आलोचना भएको थियो। कतिपयले फातिमाकै कारण आमिरले किरणसँग छुट्टिने निर्णय गरेको भन्न समेत भ्याए। आमिर र फातिमाले दंगल(Dangal) र ठग्स अफ हिन्दुस्तान(Thugs of Hindostan) फिल्ममा एकसाथ काम गरेका थिए।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लाज पचाएर बिना ब्रा एयरपोर्टमा देखा परिन् उर्फी, जम्मा भए मानिसको भीड