इजिप्टमा पुरानो सूर्य मन्दिर भेटियो: पुरातत्वविद्हरूले मरुभूमिमा गाडिएको ४,५०० वर्ष पुरानो सूर्य मन्दिर फेला पारेका छन्। वैज्ञानिकहरूले मरुभूमिमा खानीको उत्खनन् गर्ने क्रममा सूर्य मन्दिर फेला पारेका थिए। पुरातत्वविद्हरूले इजिप्टको राजधानी कायरो नजिकै अबु गोराब शहरमा पुरानो सूर्य मन्दिर फेला पारेका छन्। यसलाई विगत केही दशकमा पुरातत्वविद्हरूको सबैभन्दा ठूलो खोजको रूपमा वर्णन गरिएको छ।
द सनमा प्रकाशित एक रिपोर्ट अनुसार सूर्यको यो मन्दिर इजिप्टका राजाले ,५०० वर्षअघि बनाएका थिए। अर्कोतर्फ, राजाको अन्तिम विश्रामस्थलको रूपमा यस मन्दिर नजिकै पिरामिडहरू बनाइयो ताकि मृत्यु पछि राजालाई पुन: देवताको रूपमा पुनर्जीवित गर्न सकियोस्।
इजिप्टको उत्तरी क्षेत्रमा उत्खननका क्रममा पुरातत्वविद्हरूले सूर्य मन्दिरको अवशेष फेला पारेका थिए । यो सूर्य मन्दिर २५ औं शताब्दी ईसा पूर्वमा बनाइएको थियो।
पुरातत्वविद्ले अनुसन्धानका क्रममा सूर्य मन्दिरको आधार माटोको इँटाले बनेको थाहा पाए । जसले यस क्षेत्रमा पहिले नै भवन रहेको देखाएको छ।
सूर्य मन्दिरमा सेतो चुनढुङ्गाका दुई फिट बाक्लो स्तम्भ पनि भेटिएको विज्ञहरुले बताएको छ । त्युअसा स्थम्भ हेर्दा सूर्य मन्दिरको आधार निकै बलियो रहेको देखाउँछ ।
अबु गोराबमा पाएको सूर्य मन्दिरमा माटोले भरिएका धेरै भाँडाहरू पनि भेटिएका थिए जुन ४५०० वर्ष अघिको मूर्तिकलाको नमूना हो। (फोटो स्रोत- MCPR)