धेरै पैसा कमाएर पनि कङ्गाल नै रहन्छन् यी ५ राशि, यिनको हातमा फिटिक्कै टिक्दैन् पैसा

काठमाडौँ : हरेक व्यक्ति धनी हुन् चाहन्छन् र भविष्यको लागि पैसा बचाएर राख्न चाहन्छन्। तर पैसा बालुवाजसरी हातबाट फुत्केर जान्छ। केही मानिस कमाउन पनि धेरै कमाउँछन् तर खर्च धेरै गर्छन्। जसले गर्दा महिनाको अन्त्यतिर खाली हात हुन्छन्। ज्योतिषमा यस्ता केही राशिहरुका बारेमा बताईएको छ, जो धेरै खर्चालु हुन्छन्। बेपर्वाह तरिकाले खर्च गर्ने कारण यिनले ऋण लिनुपर्ने हुन्छ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातक धेरै खर्चालु हुन्छन्। यिनीहरुले देखावटी गर्नेतिर लागेर धेरै पैसा खर्च गर्छन्। यिनीहरु आफ्नो रहन-सहनमा पनि अनावश्यक पैसा खर्च गर्छन्। यसकारण यिनको हातमा पैसा फिटिक्कै टिक्दैन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातक आफ्नो लागि मात्र नभई अरुको लागि पनि दिल खोलेर खर्च गर्छन्। यहीँ चक्करमा यिनले पैसाको अभाव झेल्नुपर्छ। यिनीहरु शपिङ  गर्न असाध्यै मन पराउँछन् र अनावश्यक खर्च धेरै गर्छन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातक खासमा हरेक मामिलामा धेरै सन्तुलित हुन्छन् तर पैसाको मामिलामा भने यिनीहरु धेरै गन्जागोल हुन्छन्। धेरै पैसा कमाएर पनि यिनले आफ्नो लागि बचत गर्न सक्दैनन्। जबकि थोरै सावधानीले पनि यिनलाई आर्थिक रुपमा मजबूत बनाउन सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका जातक आफ्नो लाइफस्टाइलमा पानी सरह पैसा खर्च गर्छन्। तर अरुको लागि खर्च गर्न भने एकदमै कन्जुस हुन्छन्। यिनीहरु भविष्यको लागि बचत गर्नु भन्दा एशआराम गर्न मन पराउँछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकलाई पैसा खर्च गर्दा छुट्टै सन्तुष्टि मिल्छ। यसकारण यिनीहरु केही न केही चीजहरु किनिरहेका हुन्छन्। यद्यपि यिनीहरु बचत गर्ने धेरै कोशिश गर्छन् तर असफल हुन्छन्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मंगलबार : आकस्मिक धनलाभ हुने योग छ, शुभ फलदायी रहला तपाईको दिन