सपनामा आफूलाई यस्तो अवस्थामा देख्नु निकै शुभ, मानसिक बिरामीको हो सङ्केत !

भनिन्छ एकै प्रकारका सपना बारम्बार देखिनाले विशेष सङ्केत दिन्छ। त्यसतै एकै समयमा धेरै सपनाहरू बारम्बार देखा पर्नु मानसिक रूपमा कमजोर भएको सङ्केत हो।

धरै पटक मानिसहरु सपनामा आफुलाई अनौठो रुपमा देख्दा डराउने गरेको पनि पाउन सकिन्छ तर केही यस्ता सपना शुभ पनि हुने गर्दछन् । त्यसतै केही सामान्य लाग्ने सपना धरै अशुभ पनि हुनसक्छ । यसबाहेक केही सपनाहरूले तपाईको वास्तविक जीवनमा आउने परिवर्तनहरू पनि सङ्केत गर्दछ। उदाहरणका लागि, केही सपनाहरू बारम्बार आउनुले व्यक्ति मानसिक रोगबाट पीडित छ वा उसको आत्मविश्वास घट्दै गएको सङ्केत गर्दछ।

सपनामा व्यक्तिले आफूलाई वा अरूलाई देख्छ र कहिलेकाहीँ त्यस्ता चीजहरू देख्छ जुन उसले वास्तविकतामा कहिल्यै देखेको छैन। सपनामा आफूलाई कुनै विशेष काम वा अनौठो रूपमा देख्नु पनि खतराको सङ्केत हुन सक्छ। सपना शास्त्रका अनुसार सपनामा यात्रा गर्दा, कपाल खौरेको वा गधामा बसेको देख्नु अशुभ मानिन्छ ।

यस्ता सपनाले  ठुलो हानिको सङ्केत गर्छ। त्यसै गरी यदि कसैले सपनामा सुकेको फूलको माला लगाइदिन्छ भने यो पनि अशुभ घटनाको सङ्केत हो । सेतो लुगा लगाएको देख्नु भनेको कसैबाट छुट्टिने सङ्केत हो।

सपनामा आफू तथा कसैलाई बारम्बार रोएको देखेमा यसलाई शुभ सङ्माकेतनिदैन । यस्तो सपना देखेमा शारीरिक तथा मानसिक स्वास्थ्यको लागि राम्रो होइन। यसले बताउँछ कि व्यक्ति असुरक्षाको भावनाले घेरिएको छ। यस्तो अवस्थामा आफ्नो समस्या छिट्टै समाधान गर्नुपर्छ । अर्को तर्फ सपनामा बारम्बार आफू कतै फसेको देख्नु र धेरै कोसिस गर्दा पनि त्यहाँबाट निस्कन नसक्नु तपाईको आत्मविश्वास कम भएको लक्षण हो।

अर्कोतर्फ, सपनामा कसैले आफूलाई पछ्याइरहेको देख्नु भनेको छ भने वास्तविक जीवनमा केही समस्या छ जुन तपाईलाई नराम्रो रूपमा हाबी भएको छ भन्ने सङ्केत हो। यस्तो अवस्थामा आफूलाई बलियो बनाएर त्यो चुनौतीको सामना गर्नु राम्रो हो नत्र मानसिक रोगी बन्न धेरै समय लाग्दैन।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधको राशि गोचरले बन्यो शुभ योग, यी ४ राशिलाई निकै लाभै-लाभ !