मङ्सिर १९ गतेसम्म ‘मङ्गल’ ले गर्नेछ ‘अमङ्गल’, यी ५ राशिका जीवनमा पर्नेछ नकारात्मक प्रभाव

काठमाडौँ : मङ्गल ग्रह(Mars) लाई वैदिक ज्योतिषमा अत्यन्तै महत्वपूर्ण ग्रह मानिन्छ किनकी यसले मानिसको वैवाहिक मामिलामा प्रभाव पार्छ। यदि मङ्गलको स्थिति ठिक छैन भने विवाहमा धेरै कठिनाई आउँछ। कुण्डलीमा माङ्गलिक दोष भएका व्यक्तिको विवाह पनि कुण्डलीमा दोष भएको व्यक्तिसँगै गर्नुपर्छ। ग्रहको सेनापति मानिने मङ्गल उर्जा, साहस र पराक्रमको पनि कारक हुन्। मङ्गल ग्रहको गोचरले सबै राशिका जातकको जिन्दगीमा प्रभाव पार्छ।

मङ्गल ग्रह मङ्सिर १९ गते (५ डिसेम्बर) सम्म तुला राशिमा रहनेछ। मङ्गल कार्तिक ५(अक्टोबर २२) मा यस राशिमा प्रवेश गरेको थियो। तुला राशि प्रेम, विवाह, सम्बन्ध र सन्तुलनको प्रतीक हुन्। यसकारण यस राशिमा मङ्गल प्रवेश गर्दा यी कुरामा नराम्रो असर पार्छ। मङ्सिर १९ गतेसम्मको केही राशिहरुका दाम्पत्य जीवन र प्रेम सम्बन्धमा नकारात्‍मक असर पर्ने देखिन्छ।

यी राशिहरुका लागि नकारात्‍मक समय :

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातक मङ्सिर १९ गतेसम्म सम्बन्धको मामिलामा एकदमै सतर्क रहनुहोला। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोला। यदि प्रेम सम्बन्ध टुट्यो भने यसमा तपाईकै भलाई हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जातकले आफ्नो प्रेमी या जीवनसाथीसँग एकदमै सोचेर बोल्नुपर्ने हुन्छ। सानो कुराले ठुलो रुप लिन सक्छ, जसले गर्दा तनावको वातावरण सिर्जना हुन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका जीवनमा मङ्गलले नकारात्‍मकता ल्याउनेछ। प्रेमी या जीवनसाथीसँगको सम्बन्धमा दरार आउनेछ। सम्बन्ध बिच्छेद हुने स्थिति सिर्जना हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकलाई लामो दूरीको यात्रामा जाने साइत जुर्नेछ। दाजु-भाई तथा दिदीबहिनीसँग सम्बन्ध राम्रो हुनेछ। पत्नीसँग सानो कुराले भनाभनको स्थिति सिर्जना हुनेछ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

मीन राशिका जातकको वैवाहिक जीवन र प्रेम जीवनको लागि यो समय रहनेछैन। प्रेमी या जीवनसाथीसँग मनमुटाव हुन् सक्छ। प्रेम जीवनमा ठुलो बदलाव आउँछ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधको राशि गोचरले बन्यो शुभ योग, यी ४ राशिलाई निकै लाभै-लाभ !