काठमाडौँ : हँसिली, फरासिली, सुन्दर व्यक्तित्वकी धनी, एक कुशल भि.जे ओशिन सिटौला((Oshin Sitaula) युवापुस्ता माझ निकै नै चर्चित अनुहार हो । उनी ‘एम एन्ड एस’ भिडियो म्यागेजिनको ‘हङगर हन्ट(Hunger Hunt)’ भन्ने कार्यक्रमबाट सबैको नजरमा परिन्।
उनले टेलिभिजनको क्षेत्रमा राम्रो नाम र सफलता हात पारेकी छिन्। गायन रियालिटी शो द भ्वाइस अफ नेपाल(The Voice of Nepal) मा सुशील नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओशिनले यहीँ शोबाट लोकप्रियता हासिल गरिन्। मृदुभाषी र सरल स्वभावकी ओशिनको बोल्ने शैलीले फ्यानको ध्यान तान्ने गर्छ । अझ उनको चुलबुले बानी र सुन्दरताका कारण धेरैजना लट्ठ पर्ने गर्छन्।
आकर्षक एवं लोभलाग्दो जिउडालकी ओशिनलाई सामाजिक सञ्जालमा लाखौँले पच्छ्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनलाई लगभग ६० हजारले फलो गरेका छन् भने इन्स्टाग्राममा १ लाख ८७ हजार फ्लोअर्स छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने उनी समय-समयमा आफ्नो तस्बिर तथा भिडियोहरु शेयर गरिरहन्छिन्। हालै उनले मङ्सिरको चिसोलाई चुनौती दिने खालको तस्बिर शेयर गरेकी छिन्। जुन तस्बिरमा उनी निकै बो_ल्ड देखिएकी छिन्।