मङ्सिर महिना कुन राशिलाई कस्तो रहला, हेर्नुहोस् यो महिनाको मासिक राशिफल !

मेष राशि 

मेष राशिका मानिसको लागि यो महिना त्यति शुभ नरहला। सरकारी निकायको भय रहला। पारिवारिक स्थिति नकारात्मक रहने देखिन्छ। मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। आफन्तजनबाट विशेष साथ सहयोगको अपेक्षा गर्न सकिन्छ। आर्थिक स्थिति यो महिना त्यति राम्रो रहला भन्न सकिन्न। वैदेशिक कार्यहरू भने सहज हुनेछन्।

वृष राशि 

तपाईंको लागि यो महिना अत्यन्त शुभ रहनेछ। प्रेम तथा वैवाहिक जीवन निकै सुखमय रहनेछ। रमणीय यात्राको सम्भावना उच्च रहेको छ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। आकस्मिक धन लाभ मिल्ने संकेत देखिन्छ। साथी-भाइबाट विशेष सहयोग प्राप्त हुने देखिन्छ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। आर्थिक स्थिति राम्रो रहनेछ।

मिथुन राशि 

मिथुन राशिका मानिसको लागि यो समय मध्यम खालको रहनेछ। शिक्षा क्षेत्रमा तपाईंले विशेष सफलता हात पार्न सक्नुहुनेछ। धर्मिक कार्यमा तपाईं संलग्न हुनुहुनेछ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने सम्भावना उच्च रहेको छ। महिनाको दोस्रो भागमा भने परिस्थिति अनुकूल नरहला। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक खर्च बढ्नेछ।

कर्कट राशि 

तपाईंको लागि यो महिना शुभ रहनेछ। अग्रज तथा वरिष्ठ व्यक्तिको विशेष सहयोगमा महत्वपूर्ण कार्य पूरा हुनेछ। नयाँ वस्त्र तथा शृंगारको सामग्री प्राप्त होला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। कला क्षेत्रमा तपाईंको रुची बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। रोकिएका कार्य सरलताका साथ सम्पन्न हुनेछ। व्यापार व्यवसायमा तपाईंको समय निकै अनुकूल रहनेछ।

सिंह राशि 

सिंह राशिका मानिसको लागि यो महिना मिश्रित फलदायी रहनेछ। अनावश्यक ठाउँमा नबोलेकै राम्रो होला। आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने हुनसक्छ। महिनाको मध्यबाट भने परिस्थिति अनुकूल हुँदै जानेछन्। यात्राको योग बन्ने देखिन्छ। यात्रा रमणीय तथा लाभदायक रहनेछ। मेहनत अनुसारको राम्रो नै फल मिल्ने देखिन्छ।

कन्या राशि 

कन्या राशिका लागि मङ्सिर महिना शुभ नै भन्न मिल्छ। मनमा शान्तिको भावना छाउनेछ। नयाँ कार्यको सुरुवात गर्न चाहनुहुन्छ भने पनि समय राम्रो रहनेछ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। शेयर बजार र व्यापार व्यवसायमा भने सामान्य मात्र लाभ हुने सम्भावना रहेको छ। मधुर बोली तथा इमान्दारिताका साथ सजिलै अरुको विश्वास जित्न सकिन्छ।

तुला राशि 

नयाँ कार्य सुरु गर्नको लागि यो समय उचित रहनेछ। धार्मिक कार्यको पनि घरमा आयोजना हुने सम्भावना रहेको छ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। आर्थिक पक्ष मजबूत हुँदै जानेछ। रोकिएका कार्य यो महिना सजिलै सम्पन्न हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। मित्र तथा आफन्तबाट पूरा साथ सहयोगको अपेक्षा राख्न सकिन्छ।

वृश्चिक राशि 

तपाईंको लागि यो महिना शुभ भन्न मिल्दैन। महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्न सक्छ। हातमा आएको निकै महत्वपूर्ण कार्य पनि गुम्न सक्छ। शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ। कसैलाई पनि आँखा चिम्लेर विश्वास नगर्नुहोस्, धोका हुने सम्भावना रहन्छ। कसैलाई पैसा ऋण दिँदा सोचेर सम्झेर मात्र फैसला गर्नुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

धनु राशि 

स्वास्थ्यमा समस्या आउनसक्छ। विशेषगरी घाँटी तथा नाकको समस्याले सताउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। शिक्षा क्षेत्रमा पनि सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्ने हुनसक्छ। कार्यक्षेत्रमा पनि खासै सफलता नमिला, सहकर्मीका साथ मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक खर्च हुनसक्छ, ध्यान दिनुहोला।

मकर राशि 

मकर राशिका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। हरेक क्षेत्रमा एकपछि अरु अवसरहरु प्राप्त हुनेछन्। तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। रमणीय यात्राको उच्च सम्भावना रहेको छ। यात्रा तपाईंको लागि निकै लाभदायक साबित हुनेछ। आफ्नो योजना गोप्य राखेर अगाडी बढ्दा सफलता मिल्ने सम्भावना उच्च रहेको छ।

कुम्भ राशि 

रचनात्मक कार्यमा तपाईंको रुची बढ्नेछ। ठूला तथा वरिष्ठ व्यक्तिले तपाईंको कार्यको प्रशंसा गर्नेछन्। लामो समय देखि रोकिएका कार्य पुन: सुचारु हुनेछन्। कला र गलाको प्रभाव बढ्नेछ। यो महिनामा शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। स्वास्थ्य राम्रो नै रहनेछ।

मीन राशि 

मीन राशिका लागि यो महिना शुभ रहनेछ। लामो समय देखि रोकिएका कार्य सफलताक साथ सम्पन्न हुनेछन्। प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा तपाईंको लागि यो समय अनुकूल नै रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। लामो यात्रा सुखद् र सफल हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मंसिर ३ गते शुक्रबार: धनु-मकरलाई धन लाभ, तपाईको दिन कस्तो रहला ?