मंसिर महिनाको गणाधिप संकष्टी चतुर्थी व्रतका यी नियम पालना गर्नुहोस्, प्राप्त हुनेछ सुख समृद्धि !

मंसिर महिनाको कृष्ण पक्षमा पर्ने संकष्टी चतुर्थीलाई गणाधिप संकष्टी चतुर्थी भनिन्छ । यस दिन पूर्ण भक्तिपूर्वक गणपतिको पूजा गरेमा जीवनका सबै समस्याबाट मुक्ति मिल्ने जनविश्वास छ । गणधिप संकष्टी चतुर्थीको शुभ मुहूर्त र व्रतका नियमहरू बारे जन्नुहोस ।

गणेश चतुर्थी हरेक महिनाको चतुर्थी तिथिमा पर्छ। यस दिन भगवान गणेशलाई प्रसन्न पार्न व्रत बस्ने गरिन्छ । सबैलाई थाहा छ गणेश देवताहरूका स्वामी हुन्, त्यसैले उहाँलाई पहिले पूजा गरिन्छ। प्रत्येक महिनाको संकष्टी चतुर्थीलाई विभिन्न नामले बोलाइन्छ । जस्तै एकदन्त संकष्टी चतुर्थी, अंगारकी संकष्टी चतुर्थी, विघ्नराज संकष्टी चतुर्थी आदि ।

मंसिर महिनाको कृष्ण पक्षमा पर्ने संकष्टी चतुर्थीलाई गणाधिप संकष्टी चतुर्थी भनिन्छ । यस दिन पूर्ण भक्तिपूर्वक गणपतिको पूजा गरेमा जीवनका सबै समस्याबाट मुक्ति मिल्ने जनविश्वास छ । गणधिप संकष्टी चतुर्थीको शुभ मुहूर्त र व्रतका नियमहरू बारे जन्नुहोस् ।

गणाधिप संकष्टी चतुर्थीको शुभ मुहूर्त

[मंसिर महिना कृष्ण पक्ष चतुर्थी सुरु हुन्छ – २२ नोभेम्बर २०२१ सोमबार राति १०:२६ मिनेटबाट] ♥ {मंसिर महिना कृष्ण पक्ष चतुर्थी समापन – २४ नोभेम्बर २०२१ बुधबार मध्यरात १२:५५ मिनेटमा} ♥ (चन्द्रोदय समय – नोभेम्बर २३ मंगलबार राती ०८:२७ मिनेट)  ♥

गणाधिप संकष्टी चतुर्थी व्रतको नियम

प्रत्येक व्रतमा सबै प्रकारका नियमहरू पालना गर्नुपर्छ र गणाधिप संकष्टी चतुर्थीमा पूजा र व्रतका केही नियमहरू छन् जुन निम्नानुसार छन्।
♦सबैभन्दा पहिले गणाधिप संकष्टी चतुर्थीको व्रत बस्नेहरुले ब्रह्म मुहूर्तमा उठेर नुहाउनु अनिवार्य हुन्छ । ♦त्यसपछि पूजास्थलमा जानुहोस् र व्रतको संकल्प लिनुहोस्। ♦गणाधिप संकष्टी चतुर्थी व्रतको दिन चामल, गहुँ र दाल नखाने पनि अनिवार्य नियम छ ।

♦यस दिन व्रतमा ब्रह्मचर्य व्रतको पालना गर्नुहोस्। ♦मासु, मदिरा जस्ता तामसिक खानाको सेवन नगर्नुहोला । ♦ आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस् र आफ्नो आत्म-नियन्त्रण राख्नुहोस्। ♦ गणाधिप संकष्टी चतुर्थीको दिन भगवान गणेशको मन्त्र जपसँगै श्री गणेश स्तोत्रको पाठ गर्नुहोस्। ♦ गणेश संकष्टी चतुर्थी व्रत चन्द्रोदयपछि मात्र अर्घ दिएर तोड्नु पर्छ ।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंसिर महिना यी ७ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ माता लक्ष्मीको कृपा !