केन्डल जेनरको डिजाइन हुबहु कपी गरिएको ड्रेस लगाएर निक्लिन् उर्फी, ट्रोलर्सले भने तथानाम

एजेन्सी : रियालिटी शो ‘बिग बोस ओटीटी’ मा सहभागी भईसकेकी अभिनेत्री उर्फी जावेद(Urfi Javed) आफ्नो फेशन सेन्सको कारण प्राय: चर्चामा रहन्छिन्। बिग बोस निक्लिएपछि उर्फी लगातार नयाँ-नयाँ आउटफिटमा देखा पर्छिन्। उनको ड्रेसअप देखेर फ्यान्सको होश उड्छ। बोल्ड देख्ने चक्करमा धेरै पटक उर्फीले यस्तो आउटफिट लगाएकी छिन्, जसले गर्दा उनी ट्रोलर्सको निशानामा पर्छिन्। यो पटक केही यस्तै भएको छ।

हालै उर्फी जावेद मुम्बईमा पुगेकी थिईन्। जहाँ हुँदा उर्फीले ब्ल्याक कलरको क्रस कट ड्रेस लगाएकी थिईन्। जसले गर्दा उनले फेरि पनि फ्यान्सको ध्यानाकर्षित गरेकी छिन्। उर्फीले अमेरिकन मोडेल तथा सोसलाइट(Socialite) केन्डल जेनर(Kendall Jenner)को कपी गरेकी हुन्। केन्डल जेनरले जुन ड्रेस लगाएकी थिईन् उर्फीले पनि हुबहु त्यस्तै ड्रेस लगाएकी छिन्।

केन्डलले आफ्नो साथी लरेन पेरेजको विवाहममा यो ब्ल्याक कट आउटड्रेस लगाएकी थिईन्। ब्ल्याक कट आउट ड्रेसको मूल्यले पनि सामाजिक सामाजिक सञ्जालमा राम्रै स्थान पाएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो डिजाइनर कट आउट ड्रेस १.२ लाख भारुको हो।

उर्फीले पनि उही कलर र हुबहु डिजाइन छानेकी छिन्। उर्फी जावेद यस ब्ल्याक ड्रेसमा निकै बोल्ड देखिएकी छिन्। उनले आफ्नो यस आउटफिटसँग सिल्भर कलरको इयररिङ लगाएकी छिन् र कपालको बन(Bun) बनाएकी छिन्।

उर्फी जावेदका यी तस्बिर इन्टरनेटमा तीव्र गतिमा भाइरल भईरहेको छ र युजर्सले उनलाई ट्रोल गर्न सुरु गरेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुबै हातमा लड्डु :प्रिती जिन्टा ४६ वर्षको उमेरमा बनिन् जुम्ल्याहा सन्तानको आमा !