एजेन्सी : बलिउडको पावर कपल करीना कपूर र सैफ अलि खानका ५ वर्षका छोरा तैमुर अलि खान(Taimur Ali Khan) मानिसहरुको फेभरेट स्टार किड हुन्। उनले प्राय: आफ्नो क्युटनेसको कारण मानिसहरुबाट तारिफ पाईरहेका हुन्छन्। आज हामी तपाईलाई उनको बारेमा एक यस्तो कुरा बताउँछौँ, जुन कुरा सुनेर तपाईलाई विश्वासै नलाग्न सक्छ। तैमुर बैङ्क लुट्ने र सबैको पैसा चोर्ने कुरा गर्थे। सैफले यो कुरा रानी मुखर्जीसँगको कुराकानीको क्रममा खुलाएका हुन्।
तैमुरका पिता सैफ अलि खानले उनको बारेमा केही रोचक खुलासा गरेका छन्। सैफले भने, ‘जब तैमुरले मैले खेलेको फिल्मको केही सिन देखे तब उसले नक्कली तरबार बोकेर सबैलाई लखेट्न थालेको थियो।’ रानी सैफको कुरा सुनेर मरीमरी हाँस्न थाल्छन्।
यश राज फिल्म्स(YRF) को युट्युब च्यानलमा सैफ अलि खानको कुराकानीको भिडियो अपलोड गरिएको छ। यस भिडियोमा सैफ अलि खानलाई आफ्नो ‘बन्टी र बबली २’ को को-स्टार रानी मुखर्जीसँग कुराकानी गरेको देख्न सकिन्छ।