बृहस्पति कुम्भ राशिमा प्रवेश गर्दै, सबै राशिमा पर्नेछ यस्तो प्रभाव!

ज्योतिष  शास्त्रमा बृहस्पतिलाई शुभ ग्रह मानिन्छ । बृहस्पति ग्रह ज्ञान, गुरु, सन्तान, जेठा भाइ, शिक्षा, धार्मिक कार्य, धन, दान, पुण्य र भाग्यको कारक ग्रह हो । जब जब बृहस्पति ग्रह राशि परिवर्तन गर्दछन् यसको प्रभावले सम्पूर्ण देश र सबै राशिहरुमा ठुलो प्रभाव पर्दछ । ज्योतिषी मदन गुप्ता, सप्तुले २० नोभेम्बर २०२१ बृहस्पति कुम्भ राशिमा प्रवेशले गर्नाले देश, संसार र राशिहरूमा कस्तो प्रभाव पार्छ भनेर बताइरहेका छन्। बृहस्पति १३ अप्रिल २०२२ सम्म कुम्भ राशिमा रहनेछ।

 

मेष राशि

बृहस्पतिको राशि परिवर्तनले मेष राशिका व्यक्तिहरूलाई आगामी सन २०२२ को प्रारम्भिक महिनामा राम्रो नतिजा दिनेछ। जीवनमा भोगिरहेका धेरै समस्याहरू समाप्त हुन सक्छ। आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुने सङ्केत देखिएको छ । महत्त्वपूर्ण काम हात पार्न सकिनेछ। विशेष धन लाभ हुने योग रहेको छ । माता लक्ष्मीको विशेष कृपाले कार्यक्षेत्रमा प्रगति हुनेछ ।

वृष राशि

बृहस्पति दशम घरमा गोचर गर्दै छ। करियरमा परिवर्तनको समय आउनेछ । राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थमा सुधार हुनेछ । साथी भाइसँगको सम्बन्ध सुमधुर हुनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ ।

मिथुन राशि

बृहस्पति ग्रह नवौँ घरमा प्रवेश गर्दै छ जुन भाग्यको घर हो। जसको कारण मिथुन राशि भएका मानिसको जीवनमा यस समयमा लामो समय देखि परिवारमा देखिएको समस्या समाधान हुनेछ । स्वास्थ्य समस्यामा सुधार हुनेछ । सन्तान पक्षबाट काममा सहयोग मिल्नेछ ।

कर्कट राशि

कर्कट – कर्कट राशिका लागि यो समय मिश्रित रहनेछ । सावधान रहनुहोस्, हतारमा कुनै निर्णय नगर्नुहोस्। यात्राबाट लाभ मिल्नेछ। हरेक काममा भाग्यले साथ दिनेछ । धन आगमनको बाटो खुल्नेछ । परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। नयाँ काम हात लाग्ने सम्भावना छ । रोकिएको पैसा फिर्ता हुन सक्छ।

सिंह राशि

अबको समयमा देव गुरु बृहस्पति सिंह राशिको सातौँ घरमा अवस्थित हुनेछन् । व्यापारमा पहिलेको भन्दा राम्रो अवस्था रहनेछ। दाम्पत्य जीवनमा केही समस्या आउनेछ तर धेरै चिन्ता लिनुपर्ने कुरा छैन। यस समयमा सिंह राशि भएका मानिसले आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला ।

कन्या राशि

कन्या राशिका मानिसहरुको लागि अबको समय राम्रो रहनेछ । व्यवसायीले व्यापारमा नयाँ उचाइ हासिल गर्नेछन् । रोकिएका कामहरु पुनः सुचारु हुन थाल्नेछन् । कार्यस्थलमा हरेक चुनौतीको राम्रोसँग सामना गर्न सकिनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। नयाँ परियोजना फेला पर्नेछ, जसबाट राम्रो लाभ प्राप्त गर्ने सम्भावना छ।

तुला राशि

बृहस्पतिको गोचर पाँचौँ घरमा रहनेछ। धन आर्जनको नयाँ र राम्रा अवसरहरू आउनेछन्। करियरको लागि समय उत्तम रहनेछ। दाम्पत्य जीवनमा आएका समस्या समाधान भएर जानेछन् । स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा खान पानामा सतर्क रहनुहोला ।

वृश्चिक राशि

बृहस्पति चतुर्थ भावमा गोचर हुनेछ । जसको मिश्रित प्रभाव रहनेछ। तपाईले २०२२ मा घर वा कुनै पनि सम्पत्ति किन्न सक्नुहुन्छ। आर्थिक अवस्था राम्रो रहनेछ ।

धनु राशि

धनु राशिका लागि बृहस्पतिको राशि परिवर्तन तेस्रो घरमा हुनेछ। यस समयमा धनु राशि भएका मानिसको जीवनमा चुनौतीको सामना गर्न र लक्ष्य प्राप्तिको लागि यो समय प्रतिकूल रहनेछ।

मकर राशि

बृहस्पति मकर राशिको दोस्रो घरमा हुनेछ। खर्च बढ्नेछ। रोगले सताउन सक्छ। आर्थिक अवस्था मजबुत रहनेछ । ठुला उपलब्धि हासिल हुने सम्भावना छ । यदि तपाइँ जागिर खोज्दै हुनुहुन्छ भने तपाइलाई राम्रो प्रस्ताव आउन सक्छ । कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। यस समयमा मरक राशि भएका मानिसले लगानी गर्नको लागि योजना बनाउन सक्नुहुनेछ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरुलाई सन २०२२ को सुरुवाती दिनमा राम्रो लाभ मिल्नेछ। आर्थिक गतिविधिको दृष्टिले राम्रो हुनेछ। नयाँ कार्यमा सहभागी हुने र लाभ प्राप्त गर्न सकिनेछ ।

मीन राशि

मीन राशिका व्यक्तिहरूले यस समयमा बृहस्पति कुम्भ राशिमा रहँदा विदेश यात्रा गर्न सकिनेछ। धन  सम्पत्ति बढ्ने सङ्केत पनि देखिन्छ । गरेका काममा सफलता मिल्नेछ । समग्रमा समय निकै राम्रो रहनेछ ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज ६ शताब्दी यताकै लामो चन्द्रग्रहण, जान्नुहोस् समय र यसको विशेषता ?