एजेन्सी : अनुष्का शर्माले यो फोटोशूट ग्राजिया म्यागजिन कभरको लागि गराएकी हुन्। जसलाई मानिसहरुले खुब मन पराईरहेका छन्। फ्यान्सदेखि सेलिब्रेटीसम्म हरकोहीँले अनुष्काको यस चित्ताकर्षक अवतारको खुलेर तारिफ गरिरहेका छन्। उनको यस फोटोशूटपछि प्रेग्नेन्सी बडीलाई लिएर चर्चा सुरु भएको छ।
अनुष्काले करिब १० महिना अघि छोरी वामिकालाई जन्म दिएकी थिईन् र त्यसपछि कम समयमै उनले आफ्नो पुरानो फिट र फाइन टोन्ड फिगर फेरि हासिल गरिन्। अहिले यो फोटोशूट देखेर जोकोहीँ पनि आश्चर्यमा परेका छन्। अब यस फोटोशूटसँगै उनको फिल्ममा कमब्याक गर्ने चर्चामा पनि चल्न थालेको छ।
सञ्चारमाध्यमहरुका अनुसार अनुष्काले फोतोशूटको क्रममा प्रेग्नेन्सीबारे खुलेर कुराकानी गरेकी थिईन्। अनुष्काले बताएअनुसार उनलाई बच्चालाई जन्म दिएपछि आफ्नो शरीरलाई आफैँले पनि मन नपराउने स्थिति आउने हो कि भन्ने चिन्ताले सताउने गर्थ्यो।