काठमाडौँ : चन्द्र ग्रहण र सूर्य ग्रहणलाई धर्म र ज्योतिषमा अशुभ मानिन्छ। यसैकारण ग्रहण कालमा शुभ काम गर्न, खानपिन गर्न निषेध गरिन्छ। ग्रहणले मानव जीवनमा प्रभाव पारिरहेको हुन्छ। ज्योतिष शास्त्र(Astrology) को अनुसार हरेक ग्रहणले सबै १२ वटै राशिहरुमा प्रभाव पार्छ। यहीँ मङ्सिर ३ गते(१९ नोभेम्बर २०२१) पुर्णिमाको दिन लाग्ने चन्द्रग्रहणले सबै राशिहरुमा शुभ-अशुभ असर पार्नेछ। केही राशिहरुका लागि यो ग्रहण अत्यन्तै शुभ साबित हुनेछ।
यी राशिको लागि शुभ छ चन्द्रग्रहण
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिको जातकको लागि यो चन्द्रग्रहण करियरको मामिलामा शुभ साबित हुनेछ। नयाँ अवसर प्राप्त हुनेछ, जसले तपाईलाई भविष्य ठुलो लाभ दिनेछ। यस्ता मौकालाई आफ्नो हातबाट फुत्किन नदिनुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिका जातकले यस दिन हृददेखि नै खुशी महसुस गर्नेछन्। दिललाई सुन्नुहोला र अगाडी बढ्नुहोला। अवश्यै सफलता मिल्नेछ। यदि कुनै नयाँ काम गर्ने योजना बनाउँदै हुनुहुन्छ भने ती योजना कार्यान्वयन गर्ने उत्कृष्ट समय यहीँ हो।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिको जातकको लागि यो चन्द्रग्रहणले करियरमा ठुलो सफलता दिलाउन सक्छ। यस राशिका जातकले मेहनतको पूरा फल पाउनेछन्। साथै धन लाभ हुनेछ, जसले आर्थिक स्थिति मजबूत बनाउँछ। यस समयावधिमा बहस गर्नबाट टाढै रहनुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – चन्द्रग्रहणले कुम्भ राशिको जातकलाई आर्थिक लाभ दिनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी पाउनुहुनेछ। मेहनतको फल पाउनुहुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – मीन राशिको जातकले करियरमा सफलता पाउनेछन्। राम्रो काम गर्नुभएमा तारिफ पनि पाउनुहुनेछ। बढुवा तथा तलब वृद्दि हुन् सक्छ। आकस्मिक धन लाभ होला।