६०० वर्षपछि यस दिन लाग्दैछ शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण

एजेन्सी : शताब्दीको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण(Lunar Eclipse) मङ्सिर ३ गते(१९ नोभेम्बर) शुक्रबार लाग्दै छ। यो लगभग ६०० वर्षपछिको सबैभन्दा लामो ग्रहण हुनेछ। अमेरिकाको बटलर युनिभर्सिटी(Butler University) को परिसर स्थित होलकम्ब अब्जरभेटरी तथा प्लानेटेरियम (Holcomb Observatory and Planetarium)का अनुसार, आंशिक ग्रहण अवधि ३ घण्टा, २८ मिनेट र २४ सेकेन्डसम्म हुनेछ र पूर्ण ग्रहण ६ घण्टा र १ मिनेटसम्म चल्नेछ। यो ५८० वर्षपछिको सबैभन्दा लामो आंशिक ग्रहण बन्नेछ।

होलकम्ब अब्जरभेटरीले ट्वीट गर्दै लेखेको छ, “शताब्दीको सबैभन्दा लामो आंशिक ग्रहण १९ नोभेम्बरमा लाग्नेछ। यो ५८० वर्षपछिको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण पनि हुनेछ।” साथै यो यस वर्ष २०२१ को अन्तिम चन्द्रग्रहण पनि हुनेछ।

नोभेम्बर महिनाको पूर्णिमालाई पारम्परिक रुपमा बिवर मून(Beaver Moon) पनि भनिन्छ। अमेरिकन स्पेस एजेन्सी नासाको अनुसार ग्रहण उत्तर र दक्षिण अमेरिका, पूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रमा देखिनेछ।

प्रकाशित : शनिबार, कार्तिक २७, २०७८१७:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :