पछील्लो समयामा चर्चामा आउन सफल मोडल तथा चर्चामा रहने पत्रकार ऋषि धमाला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड प्राप्त गरेकी छिन्।
बिहीबार विराट मिडिया नेटवर्कको आयोजना गरेको कार्यक्रमा ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको थियो ‘आटो पिठो’ गीतबाट उत्कृष्ट अभिनयको साथै मोडालिंग गरेको घोषणा गर्दै धमला पत्नी तथा अभिनेत्री एलिजा गौतमलाई उत्कृष्ट मोडल घोषणा गरेर अवार्ड प्रदान गरिएको थियो ।
अभिनेत्री एलिजाले अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा यस्तो पोस्ट व्यक्त गरेकी छिन् । ‘आज धेरै खुसी छु, विराट फ्लिम्स अवार्ड बाट “आटो पिठो” गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु, तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु ,अनवरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
यति बेला अभिनेत्री एलिजाले सामाजिक सञ्जालमा गरेको पोस्टमा उनका फ्यानहरुले बधाई दिएक छन् । अभिनेत्री एलिजाले आफ्नै निर्माणमा बनेको फिल्म ‘अनुराग’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन् ।