छिमेकी देश भातको सिक्किम सरकारले कोरोनको कारण प्रभावित बनेको फिल्म क्षेत्रलाई उकास्नको लागी नयाँ कदम चलेको छ । भारतको सिक्किम सरकारले त्यस स्थानका ५० प्रतिशत कलाकार लिएर सिक्किममा विदेशी फिल्म सुटिंग गरिएमा भारतको सिक्किम सरकारले फिल्म निर्माण टिमलाई भारु १ करोड दिने प्रस्ताव राखेको छ ।
यस भन्दा पहिले पनि विभिन्न नेपाली फिल्मका केही दृश्य सिक्किममा छायाँकन गरिएको छ । अहिले भारतको सिक्किम सरकारले उनीहरुको स्थाममा कुनै पनि विदेशी फिल्म सुटिंग गर्ने र फिल्ममा ५० प्रतिशत कलाकार सिक्किमको लिएमा भारु १ करोड दिने प्रस्तावमा नेपालका केही फिल्म निर्माताले चासो देखाएका छन् ।
त्यसै पनि भारतीय १ करोड नेपाल ल्याउने हो भने एक करोड ६० लाख हुन्छ । त्यति रकममा नेपाली फिल्म सजिलै बन्छ । त्यसतै अहिले फिल्म निर्माता तथा नयक भुवन केसी र दुई फिल्म निर्माता मिलन चाम्स र राजेश घातानी बिहिबार सिक्किम पुगेका छन् । यसै क्रममा नेपाली निर्माताहरु भारु १ करोड पाउने लोभमा उनीहरुको आगामी फिल्म सिक्किममा छायाँकन गर्ने भएका छन् । यसै क्रममा भुवनले फिल्म ‘माइतीघर २’ र मिलनले फिल्म ‘गोर्खा वारियर २’ को सुटिंग पनि सिक्किममा गर्ने बताएको छ ।
यस भन्दा पहिले फिल्म छायाँकनको लागि सिक्किममा खासै चासो नदेखाउने फिल्म निर्माता यति बेला भारु १ करोड पाउने लोभमा भारतको सिक्किमा फिल्म छायाँकन गर्नको लागि तयार भएका छन् ।यदि अहिलेको अवस्थामा नेपाली फिल्म सिक्किम बन्ने हो भने नेपाली फिल्म निर्मातालाई फिल्मले गर्ने कमाई सबै जस्तो फाइदामा जान्छ । अहिले सम्मको अवस्था हेर्ने हो भने १ करोड ६० लाखमा नेपाली फिल्म सम्पन्न हुन्छ ।