नेपालको सरकारी काम “सरकारी काम कहिले जाला घाम’ दीपक राज गिरी

पछिल्लो समयमा कलाकार दीपक राज गिरी सामाजिक सञ्जालमा निकै सक्रिया भएका छन् । अहिलेको केही समय यता दिपक विभिन्न कारणले चर्चामा रहेका छन् । केही सयम पहिले दीपाले एक शो ‘क्राइम पेट्रोल’ सञ्चालन गर्ने खबरले निकै चर्चा पाएको थियो । त्यस समयमा चर्चाको साथै उनको विषयमा विभिन्न किसिमको टिक्का टिप्पणी पनि भएका थिए ।


यति बेला पछिल्लो केही दिन यता दीपकले सामाजिक सञ्जालमा गरेको एक पोस्टको कारण दीपक चर्चामा छन् । दीपकले सामाजिक सञ्जालमा उनले बलिउड फिल्म ‘सूर्यवंशी’ हेरेको र फिल्म राम्रो रहेको र फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएकोमा बधाई दिएका थिए । तर त्यहि समयमा नेपाली फिल्म ‘धूम ४’ पनि लागेको थियो । तर त्यस समयमा दीपकले नेपाली फिल्मको प्रचार नगरी भारतीय फिल्मको प्रचार गरेको भन्दै अहिले विभिन्न फिल्म निर्माता र केही मानिसले उनको आलोचना गरेका छन् ।


त्यसतै दीपक अहिले सामाजिक सञ्जालमा अर्को पोस्ट गरेका छन् जसमा भनेका छन् । ‘विदेशमा जस्तै अब नेपालमा पनि हप्तामा २ दिन बिदा !” “ विदेशमा ५ दिन मरेर काम ,२ दिन पूरा आराम” यता चाही “सरकारी काम ,कहिले जाला घाम “ यो सोचमा परिवर्तन ल्याउन सम्बन्धित निकायले कडाइका साथ अनुगमन गरेको खण्डनमा चाही यो निर्णय स्वागत योग्य छ ….शुभ सन्ध्या मित्रहरू’ यति बेला दीपकको यो पोस्ट भाइरल भइरहेको छ ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता राजकुमार राव पत्रलेखासँग आज चण्डीगढमा बिहे गर्दै