बलिउड अभिनेत्री मलाइका अरोडाले दीपावलीमा आफ्नो साडी लुकले फ्यानहरूलाई पागल बनाएकी छिन् । मलाइका प्रेमी अर्जुन कपूरसँग गुलाबी साडीमा पुगेकी थिइन्। सबैको नजर उनीमाथि नै थियो ।
अहिले मलाईकलाई यस लुकले निकै आकर्षक देखिएको छ। अभिनेत्रीले फेरि एकपटक साडीमा फोटोसुट गराएकी छिन्। जसमा उनी आफ्नो सौन्दर्यको जादू सबैमाथि चलाईरहेकी छन् ।
फेसन डिजाइनर मनिष मल्होत्राको साडीमा मलाइकाको यो पछिल्लो फोटोसुटले मानिसलाई घायल बनाएको छ। लुकको कुरा गर्दा मलाइकाले ब्याकलेस ब्लाउजको साथ हरियो रंगको साडी लगाएकी छिन्, जसले उनको लुकलाई परफेक्ट बनाएको छ ।
कामको कुरा गर्ने हो भने मलाइका ‘सुपर मोडल अफ द इयर सिजन २’ मा देखिनेछिन्। यस शोमा मिलिन्द सोमन र अनुशा डान्डेकर पनि छन्। यसबाहेक उनी इन्डियाज बेस्ट डान्सर २ मा जजको भूमिका निर्वाह गरिरहेकी छिन् । शोमा उनको साथमा गीता कपुर र टेरेन्स लुइस पनि छन् ।