आज नरक चतुर्दशी। यसलाई सानो तिहार पनि भनिन्छ । यस दिन घरको कुनै विशेष भागमा दियो बाल्नु पर्छ।
हिन्दु धर्म अनुसार आजको दिनलाई सानी तिहार पनि भन्ने गरिन्छ । आजको दिन घरको यस भागमा दियो बल्नाले वास्तु अनुसार अत्यन्तै शुभ हुने मान्यता रहेको छ । वास्तु शास्त्रका अनुसार पानीको सम्बन्ध वरुण देवसँग छ भने वरुण देवको सम्बन्ध धनसँग रहेको मानिन्छ । त्यसैले वरुणको वासस्थान अर्थात् सागरलाई रत्नाकर भनिन्छ। यही कारणले गर्दा पानीको बहावको लागि बनाइएका घरका पानीका ट्यांकी र नल सफा राख्नु पर्दछ।
वास्तुका अनुसार घरमा पानीको निकासका लागि बनाइएका नालाको प्रत्यक्ष सम्बन्ध आर्थिक अवस्थासँग हुन्छ । नाला थुनिएका घरमा पानीको निकास पनि प्रभावित हुने जनविश्वास छ । यसको प्रत्यक्ष असर परिवारको आम्दानीमा पर्छ ।
धार्मिक शास्त्र अनुसार नरक चतुर्दशीको दिन घरको पानि बग्ने स्थानमा दिप प्रज्वोलन गर्नु पर्दछ । यसको साथै घर वरपर सफा राख्नु पर्दछ । यदि तपाईको गर वरपर फोहोर र पानि जमेको अनावश्यक खाल्डको साथै जाम भएको नाला छन् भने यसलाई सफा राख्नु पर्दछ । यसो गर्नाले माता लक्ष्मी आजको दिन प्रसन्न भएर तपाइको घरमा प्रवेश गर्ने छिन् । र तपाईमा र तपाइको परिवारमा माताको कारण आर्थिक लाभ हुनेछ ।
नरक चौदसको दिन दियो बाल्ने चलन छ । यस दिन दियो प्रज्वलन गर्नाले जीवनका सबै दुःख कष्टको अन्त्य हुने जनविश्वास छ । यस दिन घरमा दियो राख्दा धेरै फाइदा हुन्छ ।