कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
नोभेम्बर महिना कर्कट राशि हुनेहरुका लागि कष्टकर रहनेछ। शत्रुहरु हावी हुँदा समस्या नै समस्या रहनेछ। कार्यस्थलमा विभिन्न प्रकारका समस्या देखा पर्नेछन्। महिनाको मध्यमा स्वास्थ्य समस्याले सताउनेछ। चिसो देखि बच्न आवश्यक रहनेछ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्ने देखिन्छ। महिनाको अन्त्यमा यात्रा हुने देखिएपनि उपलब्धिमूलक भने हुनेछैन। अरूलाई दिएको वचनले समस्या पैदा गर्न सक्ने हुँदा सतर्क रहनु होला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नोभेम्बर महिना वृश्चिक राशि हुनेहरुका लागि मिश्रित फलदायी रहनेछ। महिनाको शुरुवातमै महत्वपूर्ण योजना हात लाग्नेछ। जीवनमा आमूल परिवर्तन ल्याउने कार्य थालनी गर्न सकिनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। कृषि कर्ममा हुनेहरुका लागि महिना राम्रो रहनेछ। तर खेलाडीहरुका लागि भने महिना खासै राम्रो रहने देखिँदैन। यात्रा गर्दा होस् अथवा सवारी साधन प्रयोग गर्दा, सावधानी अपनाउनु होला। अवसरवादीहरूले दुःख दिन सक्लान्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नोभेम्बर महिना धनु राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। पहिला गरिएका गल्तिहरुले दुख दिनेछन्। साना-साना कुराले पनि सम्बन्धहरु बिगार्न सक्ला। महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। सकेसम्म नयाँ कार्य थालनी नगरेकै राम्रो होला। महिनाको मध्यपछि अवस्थामा सुधार आएपनि महिनाको अन्त्य सम्म पुग्दा जीवनमा समस्या बढेर जानेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्ने देखिन्छ। स्वास्थ्यले पनि साथ नदिन सक्छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अनावश्यक कार्यमा खर्च बढ्दा महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। साना साना कुरामा अल्झिदा महत्वपूर्ण कार्य बिग्रिएको पत्तो हुने छैन। अरुको भर पर्दा काम बिग्रिनेछ। सजिलै विश्वास गर्ने बानिले पनि समस्यामा पार्न सक्ला। महिनाको अन्त्यमा कानुनी झमेलामा फस्न सकिने सम्भावना छ। प्रेम जीवन अस्तव्यत रहन सक्ला। परिवारजनबाट टाढिनुपर्ने अवस्था पनि रहन सक्ने देखिन्छ। सोचेको समयमा काम नबन्न सक्छ। गोपनियता बाहिरिन सकने हुँदा सतर्क रहनु होला।