भोलि धनतेरसको दिन भुलेर पनि नगर्नुहोस् यी गल्ती, अन्यथा जिन्दगी भर हुने छिन् माता लक्ष्मी क्रोधित !

धनतेरसको पूजाको दिन यस्ता कम गर्न मनाही गरिएको छ । यदि त्यस्ता काम गर्नाले व्यक्तिले वर्षभरि आर्थिक सङ्कट झेल्नुका साथै अनेक समस्याको सामना गर्नुपर्ने हुन्छ।

धनतेरसको दिन सुख र समृद्धि प्राप्त गर्ने दिन हो। यस दिन केही विशेष चीजको किनमेल गर्नाले वर्षभरि घरमा आशीर्वाद रहन्छ, तर यस दिन केहि काम गर्न सख्त वर्जित छ। नत्र ठुलो नोक्सानी बेहोर्नु पर्छ । त्यसैले, यदि तपाईं आफ्नो घरमा सुख र समृद्धि कायम राख्न चाहनुहुन्छ भने, धनतेरसको दिन (२ नोभेम्बर, २०२१, मंगलबार) यी गल्तीहरू नगर्नुहोस्।

साथै यस दिन सुन-चाँदी, तामा-पीतलका सामान मात्र किन्नुहोस्। यस बाहेक घरको गाडा, झाडु, धनियाको दाना खरिद गर्नु पनि शुभ मानिन्छ। यस दिन देवी लक्ष्मी र भगवान् गणेशको फोटो भएको सुन वा चाँदीको सिक्का किन्नु पनि शुभ मानिन्छ।

-धनतेरसको दिन कसैलाई उधारो नदिनुहोस्। यस दिन ऋण दिने र ऋण लिने दुवैले पैसाको अभावको सामना गर्नुपर्ने हुन्छ ।

-धनतेरसको दिन स्टिल, काचाको गिलास वा प्लाष्टिकका सामान वा भाँडाकुँडा किन्नु हुँदैन। यी राहु र शनिसँग सम्बन्धित छन् र धनतेरसको दिन यिनीहरूलाई किन्नु दुर्भाग्य निम्त्याउनु हो।

-सुन-चाँदी, तामा-पीतलका भाँडाहरू किनेर घर ल्याउँदा मिठाई, चामल आदि भर्नुपर्छ। धनतेरसको दिन घरमा खाली भाँडाकुँडा ल्याउनु अशुभ मानिन्छ ।

-धनतेरसको दिन धनको देवता कुबेर, माता लक्ष्मी, भगवान् धनवन्तरी र यमराजको पूजा गरिन्छ तर काच वा सिमेन्ट बालुवा र काचबाट बनेको मूर्तिको पूजा गर्नु हुँदैन ।

-धनतेरसको दिन गल्तिले पनि घरको मुख्य ढोका अगाडि जुत्ता र चप्पल नराख्नुहोस्। बिहानैदेखि घरको ढोका र अगाडिको भाग पानीले पखालेर सफा गर्नुहोस्।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१६:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस नोभेम्बर महिनामा यी ५ राशिलाई सामाजिक देखि आर्थिक क्षेत्रमा यति धरै सफलता साथै शुभै-शुभ!