२४ वर्षका ईशानले ४८ वर्षकी तब्बूसँग रोमान्स गरेपछि तहल्का…

एजेन्सी : बलिउड अभिनेता ईशान खट्टर आज १ नोभेम्बरको दिन आफ्नो जन्मदिन मनाउँदै छन्। उनी आजबाट २६ वर्ष लागेका छन्।  सानो उमेरमै ईशानले थुप्रै उत्कृष्ट फिल्महरुमा काम गरिसके।

ईशान खट्टरले आफ्नो अभिनय करियरको सुरुवात बालकलाकारको रुपमा गरेका थिए। उनी पहिलोपटक आफ्नो दाजु शाहिद कपूरको फिल्म ‘वाह लाइफ हो तो ऐसी’ मा देखिएका थिए। मुख्य कलाकारको रुपमा उनले आफ्नो अभिनयको सुरुवात ईरानी फिल्म ‘बियोन्ड द क्लाउड्स’ बाट गरेका थिए।

ईशान खट्टर नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘अ सुइटेबल ब्वाय’ मा ४८ वर्षको तब्बूसँग रोमान्स गरेका थिए। त्यतिबेला ईशानको उमेर २४ थियो। ईशान खट्टरले फिल्म शूटिङको क्रममा तब्बुसँग रोमान्स गर्न सहज भएको बताएका थिए।

ईशान खट्टर बलिउड अभिनेत्री नीलिमा आजमी र राजेश खट्टरका पुत्र हुन्। र शाहिद कपूरका सौतेनी भाई हुन्। ईशान आफ्नो सौतेनी दाजु शाहिद कपूरको निकै नजिक छन्। ईशानको जन्म १ नोभेम्बर १९९५ मा मुम्बईमा भएको थियो। उनले आफ्नो पढाई पनि मुम्बईबाट पूरा गरेका थिए।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भव्यताको साथमा यस फिल्मबाट मुख्य भूमिकामा देखिँदै महानायक राजेश हमाल !