आर्यन खान जेलबाट छुट्दाको रौनक, कसैले बजाए बाजा भने कसैले बढे हनुमान चालिस !

बलिउडका सुपरस्टार शाहरुख खानक छोरा करिब २७ दिनपछि अक्टोबर ३० मा जेलबाट छुटेका छन् । आर्यन जेलबाट छुटेको अवसरमा उनको शुभ चिन्तकहरुले खुशियाली मनाएका छन् । आर्यन ७ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा लागु-औषध सेवन गरेको अभियोगमा पक्राउ परेका थिए । यसपछि शाहरुखका छोराको जमानत याचिकामा धेरै पटक सुनुवाइ भएको थियो तर हरेक पटक उनको जमानतको निवेदन स्थगित भएको थियो । यस्तो अवस्थामा बिहीबार (अक्टोबर २८) धरौटीमा रिहा भई शनिबार (३० कात्तिक) कारागारबाट रिहा भएका थिए ।

आर्यनको घरमा आएकोमा शाहरुख र परिवार मात्र होइन अभिनेताका फ्यानहरू पनि खुसीको सीमा छैन । यस्तो अवस्थामा मानिस हरुले उनको भब्य रुपमा स्वागत गरेका छन् । शाहरुखको घर मन्नत बाहिर हजारौँ फ्यान जम्मा भएका थिए । यति मात्र नभई केही फ्यानले भने केही फरक शैलीमा देखिएका छन् । यसैबीच मन्नतबाट एक फ्यान शहनाई लिएर निस्किए र ‘तुझे देखा तो ये जाना सनम’ गीतको धुन बजेका छन् । शाहरुख खानको यस्तो सुपरफ्यानलाई देखेर सबैले उनको तारिफ गरिरहेका छन् । यसै क्रममा अभिनेता शाहरुख खानाले उन्सको बंगला आगाडी आएका फ्यानको तस्बिर पनि लिएका छन् ।

यस बाहेक शाहरुख खानको मन्नत बाहिर केही यस्ता फ्यानहरु पनि देखिएका थिए । जो उनको घर बाहिर हनुमान चालिसको पाठ हरिहेका थिए । त्यस समयमा ती हनुमान चालिसा पाठ गर्ने मानसिलाई हेर्न थुप्रै मानिस भेला भएका थिए ।

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)


उल्लेखनीय छ, अक्टोबर २ मा आर्यन खानलाई क्रुजमा जाँदै गरेको पार्टीमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले समातेको थियो । आर्यनसँगै मुनमुन धमेचा र अरबाज सेठ मर्चेन्ट पनि पक्राउ परेका छन् । त्यसयता उनी मुम्बईको आर्थर रोड जेलमा थुनिएका थिए । करिब ३ साता जेल बसेपछि उनले जमानत पाएका हुन् ।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७८१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री अंकितलाई नाच्दा नाच्दै यी युवाले च्याप समातेर किस गरे त्यस पछि…. भिडियो भाइरल !