वास्तु टिप्स: धनकी देवी माता लक्ष्मीलाई घरमा अशुभ चीजहरू मन पर्दैन। अशुभ कुरा भएको घरमा उनी बस्दैनन्, त्यसैले भुलेर पनि यस्तो गल्ती गर्नु हुँदैन ।
तिहार आउन केही समय बाँकी छ। यस्तो अवस्थामा सबैले तिहारको तयारी पनि सुरु गरेका छन् । मानिसहरूले तिहार अघि आफ्नो घर सफा गर्छन्। धेरैजसोले तिहार अघि नै आफ्नो घर रङ्गाउने गर्छन् । तर के तपाईलाई थाहा छ तिहारको सरसफाईमा घरबाट केही चीजहरू हटाउनु धेरै महत्त्वपूर्ण हुन्छ । यी अशुभ चिज हुने घरमा धनकी देवी लक्ष्मीको वास हुँदैन । त्यो घरमा पैसाको अभाव हुन्छ र गरिबी भित्रन्छ । जान्नुहोस् तिहार अघि घरबाट कुन अशुभ चीजहरू हटाउन आवश्यक हुन्छ ।
रोकिएको घडी
वास्तुशास्त्र अनुसार घरमा रोकिएको घडी राख्नु अशुभ मानिन्छ । चलिरहेको घडी खुसी र प्रगतिको प्रतीक हो। यदि तपाईंको घरमा बन्द वा टुटेको घडी छ भने, दीपावली अघि घरबाट निकाल्नुहोस्।
घरमा भाँचिएको फर्निचरका सामान नराख्नुहोस्
वास्तुका अनुसार घरमा टुटेको फर्निचर राख्नु अशुभ मानिन्छ । यसबाट घरमा नराम्रो असर पर्छ । यदि तपाईको घरमा कुनै टेबुल, कुर्सी वा खाट टुटेको छ भने त्यसलाई घरबाट बाहिर फालिदिनुहोस् । यसका साथै घरको फर्निचर सधैँ सही अवस्थामा हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुहोस्।
फुटेका भाँडाकुँडा राख्नु अशुभ मानिन्छ
वास्तुशास्त्र अनुसार घरमा फुटेका भाँडाकुँडा राख्नु अशुभ मानिन्छ । दीपावली अघि घरबाट तादी फुटेका भाँडाकुँडाहरू छन् भने हटाउनुहोस्। अन्यथा माता लक्ष्मी क्रोधित हुन सक्छिन् ।
घारमा फुटेका मुर्ति नराख्नुहोस्
वास्तुशास्त्र अनुसार घरमा भाँचिएको तथा फुटेको मुर्ति कहिल्यै नराख्नुस् । दीपावली अघि तपाईंले आफ्नो घरमा राखिएको कुनै पनि भगवानको मूर्ति भाँचिएको तथा फुटेको छ कि छैन जाँच गर्नुहोस्। यदि त्यसो हो भने त्यसलाई हटाएर घरमा नयाँ भगवानको मूर्ति स्थापना गर्नुहोस्।