पछिल्लो समयमा चलायमान हुन थालेको नेपाली फिल्म क्षेत्रमा बलिउड कलाकार तथा अभिनेता अभिनेत्रीलाई अनुबन्धित गराउने प्रचलन बढेको छ । यसै क्रममा निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको फिल्म ‘एक्स नाइन’ मा बलिउडका चर्चित अभिनेता सुनिल सेट्टी फाइनल भएका छन् ।
फिल्म ‘एक्स नाइन’ नेपाली चलचित्र क्षेत्रका तिन अभिनेता पुष्प खड्का, अनमोल केसी, सौगात मल्ललाई एक साथमा देख्न सकिने छ । खबर अनुसार सुनिलको भूमिका खलनायकको हुने भनिएको छ ।
केही समय पहिले फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीलाई भेट्न फिल्म ‘एक्स नाइन’ को टिम सहित फिल्म निर्देशक मुकुन्द भट्ट भारत गएका थिए । अब भने फिल्म ‘एक्स नाइन’ मा केही पृथक् देख्न पाउने अपेक्षा गर्न सकिन्छ ।