दिन : बुधवार
नक्षत्र : पुनर्वशु , ३०:३९ बजे उप्रान्त तिष्य
तिथि : षष्ठी , ६:४७ बजे उप्रान्त सप्तमी
करण : वणिज ६:४७ बजेदेखि भद्रा , १९:३५ बजे उप्रान्त कौलव
योग : सिद्ध , २४:२७ बजे उप्रान्त साध्य
शुभ साइत : रुद्री गर्ने साईत
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईको मन निकै चंचल रहने छ जसकारण तपाईलाई निर्णय लिनमा धेरै समस्या हुनेछ। कुनै पनि महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिने छैन । प्रतिष्पर्धीको सामना गर्नुपर्नेछ। नयाँ काम गर्ने प्रेरणा मिल्नेछ। तपाईं केहि बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
कुनै पनि काम पूर्ण स्थिर भएर गर्नुहोला। यात्राको आयोजना सफल हुनेछैन। दाजुभाईबाट माया र सहयोग मिल्नेछ । कलाकार, कारीगर र लेखकहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाईको दिन आर्थिक रूपमा लाभदायक रहनेछ । शारीरिक तथा मानसिक रुपमा स्फूर्ति र आनन्दको अनुभूति हुनेछ । तपाईको दिन आफन्त र साथीभाइसँग खुसीसाथ बित्नेछ। आर्थिक लाभ हुनेछ। मनमा आउने नकारात्मक विचारलाई हटाउनुहोला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
तपाईको दिन मनमा उदासी र भयको अनुभव भएर बित्नेछ । परिवारमा मतभेदका कारण पारिवारिक वातावरण तनावपूर्ण रहनेछ। मनमा दुविधा रहनेछ। बोलीमा ध्यान दिनुहोला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। धेरै खर्च हुनेछ। मानहानि हुन सक्छ सावधान रहनुहोस्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
व्यापारमा लाभ र आम्दानी बढ्नेछ । राम्रो भोजन प्राप्त हुनेछ। साथीभाइसँग रमाइलो ठाउँमा जानुहुनेछ। स्त्री मित्रबाट विशेष लाभ होला। छोरासँग भेटघाट होला। कुनै शुभ घटना हुन सक्छ। दाम्पत्यजीवन राम्रो रहनेछ र पत्नीको सहयोग मिल्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
नयाँ काम गर्ने योजना पूरा हुनेछ। दिन व्यवसायी तथा जागिर गर्नेको लागि लाभदायक रहनेछ । उच्च अधिकारीको अनुग्रह रहनेछ, पदोन्नतिको अवसर मिल्नेछ। पिता पक्षबाट लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
नयाँ कामको थालनी गर्ने प्रयास गर्नुहुन्छ। बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनु हुनेछ । तीर्थयात्राको अवसर मिल्नेछ। विदेशमा बस्ने साथीभाइ तथा आफन्तको समाचार सुन्न पाइनेछ, जसकारण मन प्रसन्न रहनेछ । सहकर्मीको सहयोग प्राप्त हुनेछैन। सन्तान चिन्तित रहनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। खोकी, सास फेर्न वा पेटमा समस्या हान सक्छ। तपाई शारीरिक र मानसिक रूपमा अस्वस्थ रहनु हुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला । कुनै पनि अनैतिक काम र सरकार विरोधी गतिविधिबाट टाढै रहनुहोला । तपाईको अधिक खर्च हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
तपाईको दिन सुख र शान्तिमा बित्नेछ। मिष्ठान्न भोजन र नयाँ वस्त्र प्राप्त हुनेछ। विपरीत लिंगीय व्यक्तिप्रति विशेष आकर्षण रहनेछ र भेटघाट रोमाञ्चक हुनेछ। तपाईको विचार स्थिर रहनेछैन। सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो सुख मिल्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ। व्यवसायको विकासका लागि दिन फलदायी रहनेछ। धन लाभको योग छ। सहकर्मीको सहयोग मिल्नेछ, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
तपाईको दिन राम्रो रहनेछ। वैचारिक रुपमा चिन्तित हुने भएकोले कुनै महत्वपूर्ण निर्णय नगर्नु नै फाइदाजनक रहनेछ । यात्रामा समस्या आउन सक्छ। तोकिएको काम पूरा हुन नसक्दा धेरै निराश हुनुहुनेछ। मन अशान्त रहनेछ। सन्तानको स्वास्थ्य वा शिक्षामा चिन्ता रहनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :