भोलि कार्तिक ८ गते सोमबार ,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन समाधानकारी व्यवहार अपनाएर कुनै पनि सङ्घर्ष हुनेछैन। लेखक र कलाकारको समय अनुकूल छ। तपाईको प्रेम  बढ्नेछ । तपाईको चिन्ता बढ्नेछ र उत्साह कम हुनेछ। साथीसँग यात्रामा जानुहुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

महत्त्वपूर्ण कार्य पूरा गर्नको लागि शुभ दिन छ । धन लाभ होला ।  तपाई शारीरिक र मानसिक रुपले उत्साही रहनुहुनेछ ।परिवारसँग समय आनन्दपुर्वक बिताउनुहुन्छ । नयाँ कार्य  मध्यान्न अघि नै पूरा हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

घरमा परिवारसँग तपाईको विरोध हुनेछ। शारीरिक स्वस्थता  र् मानसिक व्यग्रताको अनुभव होला । काम प्रारम्भ गरेपछि अपूरा रहनेछ । पारिवारिक वातवरण अनुकुल रहनेछ । मनोरन्जनमा पैसा खर्च हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

व्यापारमा लाभ हुने योग छ।  रमणीय स्थलमा घुमफिर हुनेछ । मध्याहनपछि तपाईको शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ । आँखाको रोगले कष्ट हुन सक्छ। परिवारमा खर्च होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

नयाँ कार्यको आयोजन गर्नुहुनेछ  । अपूर्ण कार्य पूरा होला ।  आफन्तको तर्फबाट उपहार मिल्न सक्ला । परिवार र मित्रसँग आनन्ददायी क्षण बिताउनुहुनेछ ।  छोटो वा आनन्ददायी यात्रा हुनेछ । व्यापर क्षेत्रमा लाभ होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

व्यवसाय वा अन्य व्यपारबाट धन लाभ प्राप्त होला । लामो यात्रा होला । स्वास्थ्यको ख्याल राख्नुहोला टाढा  स्थित आफन्तको सहयोग मिल्नेछ । घरमा सुख र सन्तोषको भावना मनमा रहनेछ । सम्मान हुनाले मन प्रसन्न रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

शिथिलता र अधिक कार्यभारको कारण मानसिक व्याकुलताको अनुभव हुनेछ। निर्धारित समयमा कार्य पूरा गर्नुहुनेछ। आफ्नो स्वास्थको ध्यान आफै गर्नुहोला। यात्रामा विघ्न आउने सम्भावना छ। नयाँ कार्यको सुरुवातको लागि दिनको उत्साहमय रहला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईमा शारीरिक स्फूर्ति र मानसिक प्रफुल्लिता बनिरहनेछ। खानपिनमा ध्यान दिनुहोला ।  शारीरिक शिथिलता र मानसिक व्यग्रता अनुभव हुनेछ।  कार्य अपूर्ण रहन  सक्छ। यात्रामा  विघ्न आउन सक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिन आनन्दपूर्ण र् उत्साहपूर्ण रहनेछ । तपाईको कार्य योजना  अनुसार सम्पन्न हुनेछ । धन सम्बन्धित लाभ होला । घरायसी जीवनमा मधुरता बनिरहनेछ । व्यापारीको व्यापारमा लाभ होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

परिश्रमको अपेक्षा कम फल मिल्नेछ। आफन्सतसँग सम्बन्ध सुरुचीपूर्ण हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ । मध्यान्नपछि अधूरो कार्य कार्यहरु  पूर्ण हुनेछ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

विद्यार्थी, कलाकार र खेलाडीका लागि दिन राम्रो छ । पिता तथा सरकारको तर्फबाट लाभ होला । तपाईको मनोबल बलियो रहनेछ। पाचन प्रणाली बिग्रन सक्ला। पढाइ लेखाइमा रुचि बढ्नेछ। पैसा सम्बन्धी व्यवस्थित घटनाहरू आयोजना गर्न सक्षम हुनुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाई काल्पनिक संसारमा हराउनु हुनेछ। सिर्जनात्मक शक्तिलाई पनि उचित दिशा मिल्नेछ । परिवार र साथीभाईसँग खानपिनको आयोजना हुनेछ। दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। बिद्यार्थीहरुको अध्ययनका लागि समय राम्रो छ ।
प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कार्तिक ८ गते सोमबार, ,यी ५ राशिलाई हुनेछ फलिफाप ? हेर्नुहोस् राशिफल!