साहस, पराक्रम, भुमि, सम्पति र दाम्पत्य जीवनको कारक ग्रह मंगल आज कार्तिक ५ गते तुला राशिमा प्रवेश गर्दै छ । मंगलको राशि परिवर्तनले सवै १२ वटै राशिमा प्रभाव पर्ने भएको छ । त्यसतै केही राशिमा शुभ असर पर्ने भएको छ ।
भने केही राशिमा नकारात्मक असर पर्ने भएको छ । विशेष गरी यसले तुला राशिका मानिसहरुको प्रेम र वैवाहिक जीवनमा अशुभ प्रभाव पार्नेछ किनकि मंगल तुला राशीमा प्रवेश गरीरहेको छ।
तुला राशि
यस समयमा तुला राशी भएका मानिसलाई निकै सवधान हुनु पर्ने समय रहेको छ । यस राशि परिवर्तनको समयमा तुला राशी भएका मानिसलाई स्वास्थ्यको विशेष ध्यान दिन पर्ने हुन्छ । काममा साथि भाइको सहयोग भए पनि काममा सम्पन्न हुन् ढिला हुनेछ । घर परिवार तथा दाम्पत्य जीवनमा विभिन्न मस्याको सिर्जना हुनसक्छ । विभिन्न समस्या भएपनि काममा जोस जागर बढ्ने छ ।