कार्तिक मासमा यस उपायबाट अवश्य गर्नुहोस् तुलसीको पूजा, खुसीले भरिपूर्ण हुनेछ तपाईको परिवार!

सनातन धर्ना अनुसार कार्तिक महिनाको विशेष महत्व रहेको छ। यस पटक कार्तिक मास कार्तिक महिनाको ४ गतेबाट सुरु भएर मंसिर ३ गतेसम्म जारी रहनेछ ।

धर्म अनुसार शास्त्रमा वेद र नदीमा गङ्गा र युगहरुमा सत्ययुगलाई श्रेष्ठ मानिन्छ। त्यस्तै गरी भगवान् विष्णु यस महिना जगा रहने हुनाले कार्तिक महिनालाई पनि उत्तम महिना मानिन्छ। भनिन्छ तपाइले गरेका कुनै पनि काम रोकिएको छ साथै व्यापार व्यवसायमा घाटा भोग्नु परेको छ भने तपाइहरु यस कार्तिक मासको समयमा तुलसीको पूजा सम्बन्धित केही विशेष उपायहरु अपनाउन सक्नु हुनेछ ।

यो विश्वास छ कि तुलसीजी भगवान् विष्णुको रुप हो । तर भगवान विष्णुको यस कार्तिक मास बाहेक वर्षभरि नै पूजा गर्नु शुभ मानिन्छ । तर कार्तिक महिनामा तुलसको पूजा विशेष तथा गुणात्मक लाभ दिने मान्यता रहेको छ र सबै दु:ख र समस्याहरु लाई जीवनबाट हटाइन्छ। यसो गर्नाले अकाल मृत्युको जोखिम पनि धेरै कम हुने मान्यता रहेको छ ।

यस अवधिमा तुलसीको ५ वटा पातहरु घरको मन्दिरमा राख्नु धरै शुभ मानिन्छ । कार्तिक महिनाको पहिलो सोमबार बिहान स्नान गर्नुहोस् र ५ तुलसी पात टिप्नुहोस् । त्यस पछि ती पातहरु गङ्गा जलमा धोएर घरको मन्दिरमा राख्नुहोस्। राती सुत्नु भन्दा पहिले ती पातहरुलाई आफ्नो तकिया मुनि राख्नुहोस् र सुत्नुहोस्। यस्तो गर्नाले भगवान विष्णुको कृपा हुने मान्यता रहेको छ ।

कार्तिक मासम तुलसीको बिरुवा दाङ गर्नु पनि शुभ मानिन्छ । कार्तिक महिनामा तुलसीको बिरुवा दान गर्नु उत्तम मानिन्छ। तुलसीको बिरुवा यस महिनाको हरेक बिहीबार काचो दुधले स्नान गराउनु पनि शुभ मानिन्छ । त्यस पछि हरेक साझ तुलसीको अगाडी बत्ति बालेर जला चढाउनु शुभ मानिन्छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल ग्रहले कन्या राशिबाट तुला राशिमा गर्यो चाल परिवर्तन ,यी ४ राशिलाई हुदैछ लाभै लाभ!