सामन्था रूथ प्रभु केही समय देखि अभिनेता नागा चैतन्य अक्किनेनी सँगको सम्बन्ध बिच्छेदको कारण चर्चामा छिन् । हालै अभिनेत्रीले उनको यस व्यक्तिगत कुराबाट टाढा रहन सबैलाई अनुरोध गरेकी छिन् ।
साउथ फिल्मको चर्चित अभिनेत्री केही समय देखी अभिनय भन्दा पनि उनको व्यक्तिगत जीवको कारण चर्चामा रहेकी छिन् । केही समय पहिले अभिनेत्री सामन्थाले उनको श्रीमान तथा अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद भएको कुरा सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी थिइन् ।
जब अभिनेत्री सामन्थाको चैतन्यसँग सम्बन्ध विच्छेद भएको थियो त्यस समय देखि उनी चर्चामा रहेकी छिन् । अब सामन्था उनको सम्बन्ध विच्छेद पछी आएको कठिन परिस्थितिमा उनि आफ्नो लागी एक्लै लडिरहेकी छिन् ।
यति बेला अभिनेत्री सामन्थाले उनको मानहानि भएको भन्दै केहि सामाजिक सञ्जालहरुलाई मानहानिको मुद्दा हालेकी छिन् । सामन्थाले अहिले केही यूट्यूब च्यानलहरुलाई आफ्नो बारेमा घातक सामग्री प्रसारणको भन्दै मानहानि मुद्दा दायर गरेकी छिन् । सुमन टिभी, तेलुगु लोकप्रिय टिभी र केही युटयुब च्यानलहरु अभिनेत्रीले मानहानिको मुद्दा दायर गराएकी छिन् ।