भनिन्छ महिलाको ५० वर्ष काटेपछी सन्तान जन्माउन असमर्थ हुन्छन् साथै उनीहरुमा हुने मासिक राजस्वोला बन्द हुने गर्दछ । तर यहा हाम्रो छिमेकी देश भारतमा ७० वर्षीय एक वृद्ध महिलाले पहिलो सन्तानलाई जन्म दिएकी छिन् । यो खबर भारतको गुजरातको हो ।
भारतको पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिन् । अहिले उनको श्रीमान ७५ वर्षल भएका छन् । भाने उनीहरुको यो पहिलो सन्तान हो । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।
आमको स्वास्थ्यलाई मध्यनजर गर्दै आठ महिनामा नै उनको सुत्केरी गराइएकोमा अहिले आमा बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय मिडियाले जनाएको छ । आज भन्दा ४५ वर्ष पहिले विवाह बन्धनमा बाधिएको यो जोडीले अहिलेको समयसम्म सन्तान शुख पाउन सकेको थिएन । विभिन्न प्रयास गर्दा पनि सन्त सुख पाउन नसेको यो जोडीले अहिले ७० वर्षको उमेरमा आएर सन्तान सुख प्राप्त गरेका छन् । भारतीय मिडियाको अनुसार सम्भवत यी महिला पहिलो हुन् जसले यो उमेरमा आएर बच्चा जन्माएकी छिन् ।