प्रधानमन्त्री देउवा: पटक-पटक बोलाउँदा पनि ओली आउनु भएन !

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुसार उनले पटक-पटक एमाले अध्यक्ष केपी शर्मालाई संवादका लागी बोलाउदा नआएको बताएका छन् ।

आज प्रधानमन्त्रीले गोरखापत्र दैनिकसँग गरिएको एक संवादमा उनले भनेका छन् उनले धरै पटक एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाए पानी उनी नआएको देउवाले बताएका छन् । संसदमा भएको अवरोधको कारण अवरोध खुलाउन भनेर कतिपट तत्कालीन कानुन  मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कति पटक बालकोट पठाउँदा पनि ओली आउन नमानेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रधानमन्त्री देउवाले अन्तर्वार्ताको क्रममा भने ‘मैले भन्या छु, कुरा गर्न जान्छु । एक्लै जान्न साथी लिएर जान्छु, समय मिलाएर जान्छु । कति पटक बोलाउँदा पनि आउनु भएन । उहाँलाई मनाउनको लागी मान्छे पठाएर होस् या म आफै जान तयार छु ।’

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामीले चाहे यो सरकार एक सातामा ढल्छ: एमाले अध्यक्ष केपी शर्मा ओली