भोलि कार्तिक ३ गते बुधबार , निकै शुभ रहनेछ यी ६ राशिको दिन , हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कम समयमा नै अधिक लाभ पाउने विचारले फस्न सक्नुहुन्छ ।अदालती मामिलामा नपरेको नै जाती होला । शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोला। धार्मिक कार्य तथा यात्रा हुन सक्ला । नयाँ कार्य को आरम्भ गर्न सक्नुहुन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

घर एवम्  सन्तान सम्बन्धि शुभ समाचर प्राप्त होला । पुरानो वा बाल्यकालको मित्रसँग भेटघाट हुनेछ। व्यवसायिक एवम् आर्थिक रुपले लाभ प्राप्त होला ।  शारीरिक र मानसिक रुपले स्वास्थ्य बिग्रन सक्छ। धार्मिक कार्यमा खर्च हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन अनुकुलतामय र लाभदायी रहला । व्यवसायिक क्षेत्रमा उच्च अधिकारीको  कृपादृष्टिबाट प्रगतिको मार्ग निर्विध्न हुनेछ । मध्यान्नपछि मित्रसँग भेट हुनेछ । कुनै सामाजिक प्रसंगमा उपस्थित हुनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

उच्च अधिकारीसँग बोलि र व्यवहारमा विशेष ध्यान दिनुहोला । शारीरिक रुपले मानसिक चिन्ता बनिरहनेछ । मध्यान्न पछि व्यवसायिक क्षेत्रमा  परिस्थिति अनुकुल रहला । आर्थिक दृस्टीले लाभ होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रिस र बोलीमा ध्यान राख्नुहोला । सरकार विरोदगी प्रवृत्तिबाट टाढा रहनुहोला । मानसिक निराशापन रहनेछ । ईष्टदेवताको नामस्मरण एवम  आध्यात्मिकताको अनुसरणले समस्या समाधान हुनेछ । नकारात्मक  विचारलाई मनमा आउन नदिनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मित्र सँग घुमफिर , खानपिन एवम् रमाईलोमा आनन्दपुर्वक समय बिताउनुहुन्छ।विशेष रोगमा खर्च हुन सक्छ । आकस्मिक धन लाभले  तपाईको चिन्ता कम गर्नेछ । स्वास्थ्य समस्याले सताउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दृढ मनोबल र आत्मविश्वासपुर्वक प्रत्येक कार्य सफल बनाउनुहुनेछ। घरायसी जीवन सुख र  शान्तिमय रहला। मध्यान्नपछि तपाईको प्रवृत्तिमा परिवर्तन आउनेछ । मित्र तथा आफन्तसँग यात्रामा जानुहुनेछ । शारीरिक र मानसिक रुपले स्वस्थ रहन सक्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक रुपले भावुकताको मात्रा धिक रहनेछ । मानसिक रुपले समतुला बनाई राख्नुहोला । विधार्थीले अभ्यास र भविष्य सम्बन्धित विषयमा सफलता  प्राप्त गर्नेछ। व्यवसायमा सफलता प्राप्त होला र सहकर्मीको सहयोग पनि प्राप्त होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पारिवारिक शान्तिको लागि कसैसँग  वाद-विवादमा नपर्नु होला ।आमाको स्वास्थ्य खराब होला ।  धन र प्रतिष्ठामा हानि होला ।   मध्यान्नपछि तपाई भावुक रहनुहुन्छ। विधार्थीको लागि समय अनुकुल छ। आफन्तसँग घनिष्ठता वृद्दि हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई पहिलो स्थान दिनुपर्नेछ । मित्र र प्रियपात्रसँग भेट होला मध्यान्नपछि अरुचिकर घटनाले मन अस्वस्थ रहनेछ। आमाको  स्वास्थ्यको चिन्ता रहला। शारीरिक रुपले उर्जा रहनेछैन ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

रिस र बोलीमा ध्यान राख्न आवश्यक छ। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। रचनात्मक  अथवा सिर्जनात्मक क्षेत्रमा मान -सम्मान प्राप्त हुनेछ । मध्यान्नपछि हातमा आएको कार्य पुरा गर्न सक्नुहुन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन शुभ फलदायी रहला। शारीरिक , मानसिक स्वास्थ्य र् उत्साह रहिरहनेछ । नयाँ कार्य प्रराम्भ गर्नको लागि समय अनुकुल रहला धार्मिक कार्यमा खर्च होला । मानसिक रुपले अधिक स्वस्थ रहनुहुन्छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कार्तिक ३ गते बुधबार : निकै शुभ रहनेछ यी राशिको दिन , हेर्नुहोस् राशिफल !