२४ वर्ष पछि अभिनयमा फर्कदै राम, यस फिल्म देखिँदै !

अरुण गोविल जसले सन १९८७ मा आएको टिभीको प्रसिद्ध धार्मिक सिरियल रामायणमा भगवान रामको भूमिका निभाएका थिए । रामको भूमिका निर्वाह गर्ने अरुण कोविलको अभिनयले सबैको मन जितेको थियो र उनको भूमिका घर-घरमा परिचित थियो ।


त्यस समयमा अनौठो कुरा यो थियो कि अरुण जहा जान्थे त्यस स्थानमा मानिसहरु उनलाई वास्तविक भगवान् मान्थे । आरुण गोविलको रामायण भन्दा पहिले र पछि पनि थुप्रै टिभी सिरियल र फिल्महरुमा काम गरिसकेका छन्। तर आज पनि उनी रामायणको रामको रूपमा परिचित छन् ।


यस्तो स्थितिमा झन्डै डेढ दशक पछि अब अरुण एक पटक फेरी रामको भूमिकामा फर्किंदैछन्। अरुण गोविल चाँडै ‘ओ माइ गडको’ सिक्वे-लमा रामको भूमिकामा पुन: एक पटक देखिदै छन् । ओएमजी २ लाई अश्विन वर्दे र अक्षय कुमारले निर्माण गरेका हुन् भने अमित राईले निर्देशन गरेका हुन्। लामो समयपछि ठुलो पर्दामा फर्किंदै गरेका अरुणले आफ्नो अभिनय करियरमा धेरै फिल्महरुमा काम गरेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मौनी रायले सार्वजनिक गरिन् आजसम्म नदेखिएको यस्तो रुप, मन थामेर हेर्नुहोस्!